• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

पत्रकारलाइ गाली गर्ने आठ जना विरुद्ध उजुरी

बाजुरा  साउन २ गते

सामाजिक सञ्जाल मार्फत पत्रकारहरुलाई गाली बेइज्जती गर्ने आठ जना विरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रहरीमा उजुरी दिएको छ । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी मानमर्दन तथा सम्मानीत पेशाको खिल्ली उडाउने गरी अभिव्यक्ति दिने विरुद्ध महासंघले कारवाहीको माग सहीत उजुरी दिएको हो ।

महासंघले बडिमालिका नगरपालिका ७ ढम्कनेका फेसबुकमा रोयल जेनीत नाम उल्लेख गरिएका गणेश धामी, जनपथ प्रहरीमा कार्यरत सञ्जीव कुमार रोकाया, बुढीगंगा नगरपालिका ४ बस्ने राजेन्द्र शाह बिपी, बडिमालिका नगरपालिका ९ का गोरख बहादुर विष्ट, छेडेदह गाउँपालिका ६ का हरिनारायण उपाध्याय, बुढीगंगा नगरपालिका ५ का केपी रेग्मी, गौमुल गाउँपालिकाका टेकबहादुर धामी र विजय गिरी डाइमण्ड विरुद्ध उजुरी दिएको छ ।

सामाजिक प्रतिष्ठा कमाएका, शिक्षा आर्जन गर्दै गरेका र सम्मानीत पेशामा बसेकै व्यक्तिबाट आफ्नै हैसियत भुलेर गरिएको अपमान र बेइज्जती पूर्ण घटनाहरु प्रेस कर्मीको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै महासंघले उजुरी दिएको महासंघ सचिव प्रेम विकले जानकारी दिए ।

राज्यको चौथो अंगका रुपमा स्थापीत र हामीले गौरव गर्ने पेशा र पेशामा संलग्न व्यक्ति माथिको लाञ्छना, हेपाई, अपमान र गाली बेइज्जतीले पेशाको गरिमा घटाउने काम भएकोले उजुरी दिन बाध्य भएको सचिव विकले भने ।

महासंघले सार्वजनिक अपराध र सजाय ऐन, गाली र बेइज्जती ऐन तथा साईबर क्राईम ऐन अन्तर्गत कारवाहीका लागि निवेदन दिएको हो । लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको खुलेआम धज्जी उडाउँदै प्रेस जगतको सार्वजनिक बद्नामी र संस्था तथा व्यक्तिको चरित्र हत्या गर्ने नियतका साथ गरिएका क्रियाकलाप र आरोप प्रत्यारोपका विरुद्ध संलग्न भएको प्रमाण सहीत उजुरी दिएको छ ।

उजुरी बुझ्दै प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले तत्काल खोजि गर्ने बताए । उनले पत्रकार माथिको बद्नामीका विरुद्ध राज्इ गम्भीर रहेकोले खोजि गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउने बोगटीले बताए ।


Loading...
Radio Bajura
Radio Bajura