• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

सरकारबाट बाहिरिने निर्णयबाट माओवादी पछि हट्यो

काठमाडाैं असोज ३१ ।

सरकारबाट बाहिरिने निस्कर्षबाट माओवादी पछि हटेको छ । आज बिहानसम्म सरकारबाट बाहिरिने अनौपचारिक निर्णय माओवादीले गरेको थियो र त्यसै अनुसार पार्टीका तर्फबाट सरकारमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा लगायतका मन्त्रीहरुले सचिवालयमा रहेका व्यक्तिगत सामग्री एक ठाउँमा जम्मा गर्न थाल्नु भएको थियो ।

तर दिउँसो एकाएक गृहमन्त्री जनार्दन शर्माले पत्ररकार सम्मेलन गर्दै प्रधानमन्त्रीले निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको कारण त्यसलाई रोक्न सरकारबाट नबाहिरिने निर्णय अकस्मानत लिनुपरेको जानकारी दिनुभयो ।

सरकारबाट बाहिरिन लेखेको चिठ्ठि देखाउँदै शर्माले उक्त सूचनापछि निर्णयबाट पछि हटेको दावी गर्नुभयो ।

आज बिहानमात्र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेपछि सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने मनस्थितिमा पुगेको निकटस्थहरुलाई बताउनु भएको थियो ।

यसअघि माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा रहेका उपप्रधानमन्त्री महराले सरकारबाट बाहिरिने या नबाहिरिनेबारे अस्पष्ट जवाफ दिनु भएको थियो । सत्ताधारी दल माओवादीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताका लागि गठवन्धन बनाएपछि प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा ल्याउनु भएको थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura