• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

जिप दुर्घटना ५ घाईते ,नाम सहित


४ मंसिर, बाजुरा । बुढीगंगा नगरपालिका १ धुरालसैन नजिकै आइतबार साँझ जिप दुर्घटना भएको छ । मार्तडीदेखि आटीचौर जाने क्रममा से १ ज ५३४ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाईत भएका छन् ।

घाईते हुनेमा बुढीगंगा नगरपालिका १ का भरतराज उपाध्याय, हेमराज उपाध्याय, पवित्रा सिंह, ममता सिंह र जल्धरा सिंह रहेका छन् । घाईतेहरुको उपचारका अछाममा रहेको बयालपाटा अस्पतालमा भैरहेको छ । धुरालसैन नजिकैको विसौना मोडबाट ५० मिटर तल खसेको पत्रकार देवेन्द्र नाथले जानकारी दिनु भएको छ ।

जिपमा सवार १६ जना मध्ये ५ जना घाईते भएको स्थानीय रामबहादुर थापाले बताए । जिप चालक वीरबहादुर रावत भने फरार रहेका छन् ।

यात्रुहरुको अत्याधिक चापका कारण उकालोमा चढ्न नसकि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले जानकारी भएपनि टोली घटनास्थल जान समय लाग्ने बताएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura