• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

चुनावमा आ-आफ्ना कार्यकर्ता संयमित बनाउन दलहरु सहमत

४ मंसिर, बाजुरा । जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न आ -आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षियत बैठकमा सहभागि राजनीतिक दलहरुले निर्वाचन शान्त, भयरहीत र स्वतन्त्र बनाउन दलहरुको भूमिका महत्वपूर्ण हुने भएकोले सम्पूर्ण जिम्मेवारी लिन सहमत भएका हुन् ।

जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको समन्वयमा बसेको बैठकमा एमाले बैकल्पिक पोलिटव्युरो सदस्य कर्णबहादुर थापा, एमाले उपसचिव गगन रावल, हरि रोकाया, काशी विक, काँग्रेस नेता देवराज जोशी, महा नेपाली, रनसिंह अयडी, राप्रपा नेता चन्द्रबहादुर शाह, नयाँ शक्ति पार्टीका टेकबहादुर बडुवाल लगायतको सहभागिता रहेको थियो ।

दलहरुले आ-आफ्ना कार्यकर्ता संयमित बनाउने र आचार संहिताको अक्षरंश पालना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनु भएको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura