• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

प्रधानमन्त्री देउवाको ठाडो निर्देशनको विरोधमा बामगठबन्धन


४ मंसिर, बाजुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा निर्वाचन आयोगले मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारीलाई तत्काल फिल्ड नपठाउने आसहयका साथ एकाएक परिपत्र गरेको बाम गठबन्धनले आरोप लगाएको छ ।

सामाग्री, सहित नियुक्त पत्र बुझेर बाटो लागेका मतदान अधिकृत सहीतको टोलीलाई सामान फिर्ता गराई गोलाप्रथाबाट पुःन खटाउन आयोगले परिपत्र जारी गरेको हो । देउवा शनिरबार चुनावी सभा संवोधन गर्न बाजुरा आउनु भएको थियो ।

नेपाली काँग्रेस बाजुराको अनुरोध र प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा आयोगले एकाएक आइतबार विहान परिपत्र पठाएको आरोप बाम गठबन्धनको छ । ७० वटा मतदान स्थलमध्ये ५२ स्थलका मतदान अधिकृतले सामाग्री सहीत नियुक्ती बुझी बाटो लागि सकेका थिए ।

निर्वाचन आचार संहिता विपरित मूख्य निर्वाचन अधिकृतको कार्यालयको काम प्रति नै अविश्वास राखेर आयोगले गोलाप्रथाबाट मतदान अधिकृत तोक्न पत्र पठाएको छ । एकाएक कर्मचारीलाई फिर्ता बोलाएर पछि कर्मचारी स्वयम असन्तुष्ट बनेका थिए ।

बाटो लागिसकेकोले आफूहरु फिर्ता नहुने, दबाब दिए काममा नखट्ने तयारी गरिएको निजामति कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद जैशीले बताउनु भएको छ । मतदान स्थलमा आफूअनुकुको कर्मचारी खटाउने मनसाहयका साथ काँग्रेसले प्रधानमन्त्रीबाट दबाब दिन लगाएको एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रतन प्रसाद जैशीले बताउनु भएको छ ।

मतदान केन्द्र कब्जा गर्ने रणनीति सहीत आयोगलाई नै दबाब दिएर पठाइएको परिपत्र बाम गठबन्धनलाई स्वीकार्य नहुने बाम गठबन्धन निर्वाचन परिचालन समिति सचिवालय संयोजक एवं एमाले नेता लालबहादुर ओलीले बताउनु भएको छ ।

तर बाम गठबन्धन, एमाले, माओवादी र काँग्रेस निकट कर्मचारीले आ–आफ्नै शैलीमा विरोध जनाएपनि मूख्य निर्वाचन अधिकृतको कार्यालयले भने आफ्नो पूरानै निर्णय कार्यान्वन गरेको छ । कर्मचारी आइतबार सोही अनुसार खटिसकेको बताईएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura