• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

प्रधानमन्त्रीको कार्यक्रममा बालबालिकाको प्रयोग


४ मंसिर, बाजुुरा । काँग्रेसले मार्तडीमा आयोजना गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले संवोधन गरेको कार्यक्रममा बालबालिकाको प्रयोग गरेको पाईएको छ ।

आसन्न निर्वाचनका लागि मत माग्न बाजुरा आएका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचरसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको इन्सेक अनलाईनमा समाचार छापिएको छ ।

हेलिकप्टर जिल्ला स्वास्थ्य कार्यालयमा ल्याण्ड भएपछि बाजागाजाका साथ नाराजुलुस गरेर खुलामञ्च जाने क्रममा बाजा बजाउने काममा बालबालिकाको प्रयोग गरिएको हो । बाल संवेदनशिलता र निर्वाचन आचारसंहिताको ख्यालै नगरी बालिकाको प्रयोग गरिएको पाईएको छ ।

बालबालिकालाई बाजा बजाउनका लागिसमेत बालबालिकाको प्रयोग गरिएका थियो । केन्द्रदेखि जिल्ला स्तरसम्मका नेताहरूले पटकपटक बालबालिका प्रयोग नगर्ने भनी हस्ताक्षर सहित प्रतिबद्धता जनाएपनि ठिक त्यस विपरीत सरकार प्रमुख नै सहभागी कार्यक्रममा बालबालिकाको प्रयोग भएको मानव अधिकार वादी संस्था इन्सेक जिल्ला प्रतिनिधि पदम सिंहले बताउनु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura