• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

महत माथि अज्ञात समूहले आक्रमण

४ मंसिर, बाजुरा । बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर महत माथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्किने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो ।

महत विरामी पुर्याएर शनिवार राती १०ः ३० बजेतिर कोटा फर्किदै थिए । महतका अनुसार तीन जनाको समूहले उनीमाथि आक्रमण गरेका हुन् । कुटपीटबाट महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको छ ।

जिल्ला अस्पतालमा उपचार गराईरहेका महतले नेपाली काँग्रेसका कार्यकर्ताले योजनावद्ध रुपमा आक्रमण गरेको हुनसक्ने बताए । महत एमालेबाट वडा अध्यक्षमा जितेका थिए । २ जनाले अगाडि र एक जनाले पछाडिबाट आक्रमण गरी फरार भएको महतको भनाई छ ।

महतले अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धान भईरहेको बताएको छ । आक्रमणमा संलग्न व्यक्तिहरुको पत्ता लागे सार्वजनिक मुद्दा दर्ता गर्ने घाईते महतले तयारी गरेका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura