• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

बाजुरा समानुपातिक तर्फ काँग्रेस अगाडि, प्रदेश क को गणना सकियो

बाजुरा, मंसिर २३ । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत परिणाम हेर्दा नेपाली काँग्रेस अगाडि देखिएको छ । प्रत्यक्ष तर्फका १ प्रतिनिधि र २ प्रदेश सभा तर्फ नेकपा एमालेले फराकिलो अन्तरले जित हातपारेपनि समानुपातिक तर्फ भने नेपाली काँग्रेस अगाडि देखिएको छ ।

समानुपातिक तर्फ गणना कार्य सकिएको प्रदेश निर्वाचन क्षेत्र क मा काँग्रेस पहिलो बनेको छ । उक्त क्षेत्रमा खसेको १८९३६ मत मध्ये नेपाली काँग्रेसले ७२५७ मत प्राप्त गरेको छ । भने नेकपा एमालेले ६३०० मत प्राप्त गरेको छ ।

प्रत्यक्ष तर्फ भने एमालेले ९८४० मत प्राप्त गरेको थियो भने काँग्रेसले ८३०१ मत प्राप्त गरेको थियो । यस्तै नेकपा माओवादी केन्द्रले ३२६८, नयाँ शक्तिले ३८, राप्रपा १९, एकीकृत राप्रपा (राष्ट्रवादी) १७ र राजपाले २ मत ल्याएका छन् । कुल मत मध्ये १९५० मत बदर भएका छन् ।

बाजुरा प्रतिनिधि सभा समानुपातिक तर्फ पनि नेपाली काँग्रेस अगाडि देखिएको छ । गणना भएका ३६३४० मध्ये नेपाली काँग्रेस १५४६७, नेकपा एमाले १४८०६, नेकपा माओवादी केन्द्र ३४९४, नयाँ शक्ति १९४, राप्रपा २१८ र एकीकृत राप्रपा (राष्ट्रवादी) ले २२ मत प्राप्त गरेको छ । कुल मत मध्ये १८८२ मत बदर भएका छन् । प्रतिनिधि सभा तर्फ १६ हजार मत गन्न अझै बाँकी छ ।  

यस्तै प्रदेश निर्वाचन क्षेत्र ख समानुपातिक तर्फ १७४०० मत गणना भएको छ । जसमा नेपाली काँग्रेस ७७४०, नेकपा एमाले ७५५१, नेकपा माओवादी केन्द्र ६९१, नयाँ शक्ति ९३, राप्रपा ७१ एकीकृत राप्रपा (राष्ट्रवादी) ९ र राष्ट्रिय जनशक्ति पार्टी पाङ्ग्राले २२ मत प्राप्त गरेका छन् । कुल मत मध्ये ११५६ मत बदर भएका छन् ।

 


Loading...
Radio Bajura
Radio Bajura