• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

काँग्रेसको भरोसाले कुनै लक्ष्य प्राप्ती हुदैन : थापा

बाजुरा, मंसिर २४ । नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले काँग्रेसबाट कुनै लक्ष्य प्राप्ती हुन नसकिने बताउनु भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनले नै जनताको भरोसा बाम गठबन्धन प्रति देखिएको बताउँदै थापाले काँग्रेसबाट आश भरोसा गरेर नेपाली जनताले चाहेको विकास र आर्थिक क्रान्ति काँग्रेसबाट संवभ नभएको बताउनु भएको छ ।

बाम गठबन्धनको मार्तडीमा आयोजित विजयी सभालाई संवोधन गर्दै थापाले देश बनाउने र जनतालाई आर्थिक सम्पन्न बनाउने लक्ष्य प्राप्तिका लागि बाम गठबन्धनको जित आवश्यक रहेको बताउनु भएको छ ।

प्रदेश र संघका सरकार बाम गठबन्धनकै नेतृत्वमा बन्ने बताउँदै भाबि प्रदेश नम्बर ७ का मुख्य मन्त्रीका प्रमुख दाबेदार समेत रहनु भएका थापाले विकास कस्तो हुन्छ काँग्रेसलाई देखाउने गरी काम गर्ने आश्वासन दिनु भएको छ ।

अमेरिका, भारत, काँग्रेस लगायतका देशलाई गाली गरेर, बेइमान र झुटको राजनीति गरेर देश नबन्ने बताउँदै सत्यसँग नड्न र शक्तिसँग नझुक्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

जितपछि एमाले माओवादीका कार्यकर्ताले केही गर्न नहुने काम गरेको भए नेतृत्वको हैसियतले माफी माग्छु भन्दै थापाले विना कारण आरोप र झुटो प्रचार गर्ने काँग्रेसको चरित्रमा सुधार आउन आवश्यक रहेको बताउनु भएको छ ।

तीनै वटा क्षेत्र एमाले माओवादी गठबन्धनले मात्र जित्यो काँग्रेसले हार्यो भन्ने महशुस नहुने गरी व्यवाहार गरिने बताउदै कसैलाई तर्साउने, धम्की दिने, जितको दम्भ देखाउने पक्षमा एमाले नरहेको बताउनु भएको छ ।

उहाँले फरक प्रसगमा बाजुरालाई राज्यबाट प्रदान हुने पहिलो अवसर बाम गठबन्धनका नेता काँग्रेस बाजुराका पूर्व सभापति मानबहादुर रावललाई दिने उद्घोष गर्नु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura