• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

शिक्षण सिकाई सुधार गर्न पढाई विकास मेला हुने

बाजुरा, मंसिर २७ । प्रारम्भिक बाल विकास तहको शिक्षण सिकाई सुधार गर्न फालासैनमा जिल्ला स्तरीय पढाई सिकाई मेला हुने भएको छ । स्थानीय शैक्षिक सामाग्रीको प्रयोग गरी शैक्षिक सिकाई स्तरमा सुधार ल्याउन जिल्ला स्तरीय सिकाई मेला आयोजना गर्न लागिएको हो ।

मेलामा बुढीगंगा, त्रिवेणी नगरपालिका र छेडेदह लगायतका गाउँपालिकामा रहेका २२ बढी विद्यालयले भाग लिने सेतो गुराउँस बाल विकास सेवा बाजुराका कार्यक्रम संयोजक देबु खातीले बताउनु भएको छ ।

मेलामा जिल्लाका उत्कृष्ट विद्यालयका बालबालिकाले भाग लिने बताईएको छ । विद्यालयमा प्रयोग हुने शैक्षिक सामाग्री, शिक्षण विधी, पढाई विकाससँग सम्बन्धीत गीत, कविता, बाल कथा, चित्र सहीत मेलामा प्रर्दशन गरिने आयोजकले बताएको छ । सोही विषयमा आज सरोकारवाला बीच छलफल पनि भएको छ ।

सिकाई मेलामा डेढ दर्जन स्टल राखिने भएको छ । भने सुआहाराले स्थानीय रैथानी बालीको प्रवद्र्धन गर्न जाउलो प्रर्दशनी पनि गर्ने भएको छ । मेलामा सहभागिहरुलाई स्वाद चखाउन र महत्व बारे जानकारी दिन जाउलो प्रदर्शनी राखिएको सुआहारा जिल्ला कार्यक्रम संयोजक पुष्प रावलले बताएका छन् ।

सेतो गुराउँस बाल विकास सेवा बाजुरा, युनिसेफ नेपाल र विश्व शिक्षाको सहयोग र जिल्ला शिक्षासँगको सहकार्यमा मेला प्रर्दशनी गर्न लागिएको निमित्त जिल्ला शिक्षा अधिकारी धर्मराज जोशीले बताउनु भएको छ । मेला बडिमालिका क्याम्पस फालासैनमा सञ्चालन हुने छ ।

१ देखि कक्षा ३ सम्मका बालबालिकाको सिकाई स्तर लगानी अनुसार सुधार हुन नसकेको र स्थानीय शैक्षिक सामाग्रीको प्रयोग विनाको शिक्षण सिकाई प्रभावकारी नहुने हुँदा त्यस बारे सिकाई हस्तान्त्रणका लागि मेला आयोजना गर्न लागिएको आयोजक सेतो गुराउँस बालविकास सेवा बाजुराका कार्यक्रम संयोजक देबु खातीले बताउनु भएको छ ।

मेलामा शैक्षिक सामाग्री, चित्र, स्थानीय स्तरमा उत्पादन गरिएका शैक्षिक सामाग्री, खेल सामाग्री राखिने छन् । नमुना विद्यालयले निर्माण गरेका शैक्षिक सामाग्री, कथा बाचन, चार्ट, चित्र र शैक्षिक सन्देश दिने गरी विभिन्न डिजाइनका मास्क राखिने भएका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura