• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

विद्यालय तोडफोड गर्ने ३ जना पक्राउ तिन जना फरार

चैत्र ११ बाजुरा- बाजुराको बडीमालिका नगरपालिका– ८ र ९ बाउली खोलामा नजिकै रहेको  द्धारिका प्राथमिक विद्यालयको आज विहान  ३ः३० बजेतिर ढोका तोडफोड गरिएको विद्यालयले जनाएको छ । आज विहान एक अज्ञात समुहले विद्यालयको प्रशासन कक्षको ढोका तोडफोड गरी कार्यालयमा रहेका बाकस, दराज,कुर्ची र अति आवश्यक प्रशासनिक कागजातहरु च्यातिएको विद्यालयका प्रधानाध्यापक अमर बहादुर विश्वकर्माले बताउनु भएको छ ।
    

विद्यालय तोडफोड गर्ने ६ जना मध्ये  ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विहानको समयमा अत्याधिक मदिरा सेवन गरी विद्यालय तोडफोड गरेको आशंकामा ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीले जानकारी दिनु भएको छ ।  

प्रहरी नायव उपरिक्षक वलीले दिएको जानकारी अनुसार विद्यालय तोडफोड गर्न संलग्न रहेका ६ जना एसइई परिक्षा दिने विद्यार्थी रहेको बताउनु भयो । विद्यालय तोडफोड गर्ने तिन जना फरार रहेको वलीको भनाई रहेको छ । तोडफोड संलग्न रहेका फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख वलीले रासससंग भन्नुभयो ।

फरार पक्राउपछि घटनाको सत्यतथ्य छानविन गरी केही सार्वजनिक अपराध ऐेन अनुसार कानुनी कारबाही गर्ने तयारी भईरहेको प्रहरीको भनाई रहेको छ । विद्यालयको सामानहरु तोडफोडबाट लाखौको क्षती भएको प्रहरीको अनुमान रहेको छ । गत असारमा समरजित गुल्मले उक्त विद्यालय पुनःनिर्माण गरेको हो । संरचना पुरानो र जिर्ण बन्दै गएको भवनको सदरमुकाम मार्तडीमा रहेको समरजीत गुल्मले पुनःनिर्माण गरेको विद्यालयले बताएको छ ।

 


Loading...
Radio Bajura
Radio Bajura