• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

खाद्य गरिवीमा बाजुरा उच्च जोखीममा

११ चैत्र, बाजुरा । खाद्य गरिवीमा ७ नम्मर प्रदेशको बाजुरा सबै भन्दा बढि तथ्याकं रहेको छ । जिल्लामा खाद्य सुरक्षा अनुगमन प्रणलीले एक कार्यक्रममा सो तथ्याकं सार्बजनिक गरेको छ ।

जिल्लामा खाद्य अधिकारको अनुगमन प्रणली योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रममा सुझाव संकलन तथा यस अगाडीको तथ्याक समेत सार्बजनिक गरेको जिल्ला कृषी बिकास कार्यलय बाजुराले बताएको छ । 

बाजुरा जिल्लामा ७४ दशमलव ५ प्रतिशत खाद्य गरीबी रहेको नेपाल खाद्य सुरक्षा अनुगमन प्रणलीका कार्यक्रम अधिकृत चन्द्र थापाले बताएका छन । जिलाको खाद्य असुरक्षका ४२ दशमलव ७ प्रतिशत क्यालोरी लगायत खाद्यनमा कमी भएको पाइएको छ ।
 

कार्यक्रममा नौ ओटै स्थानिय तहका प्रम्ख उप प्रमुख र कर्मचारीलाइ खाद्य सुरक्षा पणली सम्बन्धी अभिमुखीकण गर्ने कार्यक्रम रहेको जिल्ला कृषी बिकास कार्यलय बाजुराले बताएको छ नेपाल सरकार कृषि भुमी ब्यबस्थापन तथा सहकारी मन्त्रालयको आयोजना र बिश्व खाद्य कार्यक्रमको सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको बिश्व खाद्य कार्यक्रममा जिल्ला संयोजक गणेश पाध्यायले बताएको छन ।    
 

प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा जिल्ला स्थीत स्थानिय तहका प्रमुख उपप्रमुख लगायतको उपस्थी रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला कृषी बिकास कार्यलय बाजुराका प्राबिधिक टोप बहादुर बिश्वकर्माले गरेको कार्यक्रमको स्वागत तथा कार्यक्रमको बारेमा जानकारी जिल्ला कृर्षी बिकास कार्यलयका बरिष्ठ कृर्षी बिकास अधिकृत यूगलकिशोर यादवले गरेका थिए कार्यक्रम जिल्ला कृषी बिकास कार्यलय बाजुराको तालिम हलमा  संचालन गरिएको थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura