• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

बायू तथा सौर्यउर्जा एक साता भित्रै संञ्चालनमा आउने

११ चैत्र, अछाम । माघ ९ गते परेको चट्याङ का कारण अबरुद्ध भएको अछामको कमलबजारको बायू तथा सौर्यउर्जा अझै पनि सञ्चालमा आएकोे छैन । हिमपात संगै आएको चट्याङ ले गर्दा बायू तथा सौर्यउजा को बिधुत सेवा अबरुद्ध भएको थियो ।
  

सौर्य तथा वायु उर्जा सञ्चालनमा आएको छोटो समयमै चट्यँङका कारण बिद्युतसेवा अबरुद्ध भएको होे । बिधुतको पावर हाउस भन्दा केहि पर चट्याङ परे पनि क्षेति भएको व्यावस्थापन समिति अध्यक्ष्ँ वल बहादुर कुवरले बताउनु भयो ।
 

बिधुत सञ्चालन का लागी कृष्ण ग्रिल उधोग संग पहल गरीरहेको बायू तथा सौर्यउर्जा समिति का अध्यक्ष कुवरले बताउनु भयो । क्षती पुगेका सामानहरु नेपालमा नपाईने हुदा बिदेसबाट ल्याउनुपर्ने भएकाले बिधुत सञ्चालनमा केहि ढिलाई भएको कुवरले जानकारी दिनुभयो ।
   

सञ्चालनका लागी आफुले पहल गरीरहेको र अबको १ हप्ताभित्र बिधुत सञ्चालनमा ल्याउने गरी तिब्र तयारी भैरहेको पनि उहाले बताउनु भएको छ । बिधुत सेवा नहुदा एसइई परीक्षा दिने विद्यार्थि को पढाई समेत प्रभावित भएको छ ।
  

  बजारमा रहेका बैङ्कीङ कारोबार र प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा दिन समस्या भईरहेको छ । बैङ्क र अस्पताल मा बैकल्पीक उर्जा बाट सामान्य रुपमा सेवा दिईरहे पनि सर्बसाधारण लाई भने सास्ती भएको छ ।
   

२०७४ असार १० गतेबाट नियमित रुपमा सञ्चालनमा आएको बायूउर्जा छिट्टै बिग्रएपछि समस्या भएको हो । प्रत्येक उपभोक्ताबाट नगद शंकलन र नगरपालिकाको सहयोग गरि ३३ लाख लगानी र बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रको १ करोड ६० लाख अनुदान सहयोगमा कमलबजारमा सौर्य तथा वायुउर्जा मार्फत ३१ किलोवाट बिद्युतउत्पादन गरिएको थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura