• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

कार्यक्षेत्र नजाने कर्मचारीलाई कारवाहीगरिने

चैत्र, ११ काठमाडाैं । सरकारले कार्यक्षेत्रमा नजाने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलेआजदेखि तोकिएको ठाउँमा नजाने कर्मचारीलाई निजामती ऐन अनुसार कार्वाही गरिने बताउनु भएको छ ।

मन्त्री पण्डितले अहिले सम्म ७८ प्रतिशत कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसकेको र बाँकी कर्मचारी पनि कार्यक्षेत्रमा जाने बताउनुभयो ।

तर जो कार्यक्षेत्र पुगेका छैनन्, उनीहरुलाई आज बिदा परेकाले भोलि सोमबारदेखि कारवाही हुने उहाँले बताउनुभयो ।
 


Loading...
Radio Bajura
Radio Bajura