• अहिले तरंगमा--साझा सरोकार
    केहि छिनमा-- हालखबर

ताजा हालखबर

मुआब्जा नदिएको भन्दै तिपाडामा सडक बन्द

चैत्र  १९  बाजुरा ।  साँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने तिपाडामास्थानीयले सडक अवरुद्ध गरेका छन् । तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
२०७२ सालदेखि नै छलफल विषयमा रहेको उक्त सडक क्षेत्रमाराज्यले मुआब्जा दिन ढिलासुस्ती गरेपछि जग्गा धनीले बाटोनै बन्द गरेका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दल बीच मुआब्दा दिने सहमति भएपछि अहिलेसम्म नदिएपछि अनिश्चित कालिन बन्द गरिएको जग्गा धनीले बताएका छन्।

यस अघि जिल्ला स्तरीय सर्वपक्षिय बैठकले नै मुआब्दा दिनेनिर्णय गरिसकेको भएपनि उपलब्ध गराउन भने ढिलाई गरेको छ।तिपाडामा स्थानीय पर्खाल र तार बार सहीत बन्द गरेका छन् । स्थानीय जग्गा धनीको संलग्नतामा बन्द गरिएको हो । सडक अवरुद्ध गरिएपछि दर्जनौ सवारी साधानका यात्रुहरु तिपाडामा अलपत्र परेका छन् ।

जिल्ला बाहिर जान र आउन लागेका दुबै तिरका यात्रुहरुलाई समा देखिएको छ ।हिजो मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिए पनि २०७२ सालको मूल्याकंनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन्।

सडक अवरोध खुलाउन प्रहरी टोली तिपाडा पुगीसकेको प्रहरीनायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् । सुचारु गर्ने विषयमा छलफल जारी रहेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura