• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

झुण्डिएर एकको मृत्यु ।।


चैत्र १८ बाजुरा । बाजुराको बडीमालिका नगरपालिका– ७ जिल्लीमा आईतबार दिउसो झुण्डिएर एक जना महिलाको मृत्यु भएको छ । मृयु हुनेमा सोही वडाकी १८ वर्षीया  कौशिला खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


    आइएतबार दिउसो घरमा कोही नभएको बेला नजिकै रहेको पानीखाल वनमा डोरीले पासो लगाई मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरी बहादुर वलीले जानकारी दिनु भएको छ ।


प्रहरी प्रमुख वलीले दिएको जानकारी अनुसार मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएको बताउनु भयो ।

मृतक महिलाका ससुरा देवी खत्रीको दुई साता अघि रुखबाट खसेर मृत्यु भएको बताइएको छ ।


Loading...
Radio Bajura
Radio Bajura