• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

३५ दिने बाख्रापालन तालिम बाजुराकाे जुगाडामा सुरु

मुक्त हलियाका लागि ३५ दिने बाख्रा पालन तालिम आजबाट सुरु भएको छ । साविक जुगाडा गाविसमा बसोबास गर्ने मुक्त हलियालाई लक्षित गरी तालिम बडिमालिका नगरपालिका २ भौनुेरामा सञ्चालन गरिएको एचआरसी बाजुराका कार्यकारी निर्देशक अग्नीराज शाहीले बताउनु भएको छ ।


अन्तराष्ट्रिय श्रम संगठन (आइएलो) को आर्थिक सहयोग तथा राष्ट्रिय मुक्त हलिया महासंघसँगको सहकार्य र मानव संसाधन केन्द्र एचआरसी बाजुराको आयोजनामा तालिम सञ्चालन गरिएको परियोजना संयोजक सुरेन्द वडले बताउनु भएको छ ।


मुक्त हलियाको आयआर्जन र जीवीको पार्जनमा सहयोग पुर्याउने लक्ष्य सहीत तालिम सञ्चालन गरिएको हो । तालिमको एक कार्यक्रमका बीच बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले उद्घाटन गर्नु भएको छ ।


मानव संसाधान केन्द्र एचआरसी बाजुराका उपाध्यक्ष शुशिला थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बडुवालले गरिबीको अन्त्य गर्नु पहिलो आवश्यकता भएकोले त्यसका लागि आयमुलक र आम्दानी बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura