• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

चैत्र १९ बाजुरा । जिल्लाको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।


    साबिकका ११ गाविसमा रहेका नमस्ते प्रीपेड र स्काईका लागि निर्माण गरिएको उक्त रेडियो रिपिटर टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्क विहीन बनेको डबल विकले जानकारी दिनुभयो ।

उहाँले दिएको जानकारी अनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्क बिहिन बन्नु परेको जगनाथ गाउपालिका प्रवक्त डबल विकले जानकरी दिनुभएको छ ।


     साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्टको बिहान १० बजेसम्म घाम नलागुन्जेलसम्म नेटवर्कले काम नगर्ने समस्या हुँदाहुदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताउनु भयो ।


    जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुखदर्शक बनेको विष्टले बताउनुभयो । मर्मतका लागि टेलिकमको मर्मत टोली आज बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura