• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

आफन्तको घरमा आएर आत्महत्या गरे २४ वर्षिया विकले


    चैत्र २० बाजुरा। बडिमालिका नगरपालिका–१ बस्ने जनक विकले आफन्तकै घरमा आएर सोमबार राती आत्महत्या गरेका छन् । राती साढे ११ बजेतिर छतमा राखिएको केवल तारमा झुण्डीएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
    मार्तडीमा ग्रील व्यवसाय गर्दै आएका २४ वर्षका विकले पारिवारिक भनभान पछि राती मामा घरको छतमा आत्म हत्या गरेका हुन् । मदिरा सेवन गरिराख्ने र परिवारसँग दैनिकजसो झगडा गर्ने गरेका थिए ।
    सोमबारपनि दिनमा समयमै खान श्रीमतिले नपुर्याएको बाहनामा कुटपीट गर्न थालेको र आफन्तले नगर्न नअुरोध गर्दा उल्टै कुटपीट गरेको भाइ विनोद कुमार विकले बताएका छन् । विनोद स्वयम घाईते भएपछि प्रहरीलाई खबर गरि उपचारका लागि जिल्ला अस्पतालबाट फर्किदै गर्दा आत्महत्या गरेको खबर पाएको परिवारको भनाई छ ।
घरपरिवारलाई कुटपीट गरेर घरमा नबस्ने भन्दै ११ बजेपछि घरबाट निस्केको र पछि मामा घरको छतमा झुण्डीएको भेटिएको छ । जनक विकको नाममा यस अघिपनि श्रीमति कुटपीट गर्ने र मदिरा सेवन गरेर परिवारलाई गाली गरेको आरोपमा निवेदन जिल्ला प्रहरी कार्यालयमा परेका छन् ।
विकका श्रीमति र २ सन्तान छन् । बुबा महेन्द्रनगरबाट आई नसकेकोले पोष्टमाटम कार्यमा ढिलाई भएको छ । आत्महत्या गरी ज्यान गुमाएका विकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन् ।
जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको छ । तीनदिन पहिले मात्र बडिमालिका नगरपालिका ७ मा एक विवाहीत महिलाले पनि आत्म हत्या गरेकी थिईन् । आत्महत्या गर्नेहरुको पहिलो कारण पारिवारीक समस्या र घरेलु हिंसा रहेको पाईएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura