• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

सीप सिकेर शेरबहादुर स्वदेशमै कमाउँछन् महिनाको ३० हजार

अत्तरिया, चैत २२ । रोजगारीका लागि वर्षेनि युवाहरु विदेशिने गरेको अहिलेको अवस्थामा सामान्य शिक्षा आर्जन गरेर पनि व्यवसायिक तालिम पछि कैलाली अत्तरियाका एक युवा भने देशमा नै रोजगारी सिर्जना गर्न सफल भएका छन् ।
आज चर्चित

विगतको समयमा के खाउँ, के लगाउँ भन्ने समस्याले गुज्रेका कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका शेरबहादुर मल्लको जीवन भने व्यवसायिक सीप आर्जन पछि परिवर्तन भएको छ ।

२०५८ सालमा प्रवेशिका परिक्षा उत्रिण गरेपछि सोही वर्ष पहाडमा द्वन्द बाट पीडित भै बाँच्ने आशामा कैलाली सामान्य जेथा लिएर स्थायी रुपमा बसोबास सरेका मल्लको जीवन भने अहिले सफलताले काचुली फेरीएको हो ।

सुरुको समय विपन्न परिवार भएको कारण उच्च शिक्षा हासिल गर्न नसकी तराईमा बसाइसराई भै सकेपछि दैनिक ज्याला मजदुरी गर्दै आएका मल्लले अत्तरिया स्थित अत्तरिया सामुदायिक सिकाई केन्द्रद्धारा द्धन्द पीडितका लागि संचालनमा ल्याएको व्यवसायिक तालिम प्राप्त गरेपछी अहिले व्यवसायिक रुपमा उनी कुसल उद्धमी बन्न सफल भएका हुन् ।

सुरुको समय तराई झरेपछि परिवार पाल्ने चिन्ताले सताउने गरेको तितो यतार्थ र आफू विपन्न भई शिक्षा हासिल गर्न नसकेको पीडा मल्लको जिबनको परिवर्तनको कथा बन्यो ।गाउँ बस्तीको सामान्य ज्याला मजदुरीले दैनिकी पार नलागेपछि उनले परिवारको भरण पोषणको लागि भारतको गौरीफन्टाबाट दोहोरो सिमासुरक्षाको हैरानीका बाबजुत चिनी, दाल, सोडा, साबुन जस्ता सामानहरु ल्याएर पसलेहरुलाई दिइ आएको ज्यालाबाट परिवारको गुजारा चलाउने प्रयास गरेपनि त्यो दिगो बन्न सकेन, पारिबारिक भार थपियो आम्दानी न्यून रहयो ।

त्यसबाट समेत गुजारा चल्न नसकेपछी उनी भारतका केही सहरहरुमा रोजगारीको खोजीमा भौतारी रहे हातमा कुनै सीप र उच्च अध्ययन नभएका कारण कुनै काम पाउन सकेनन, भारतको दुखाई सम्झदै उनी भन्छन्– ‘भोकै मर्न परेपनि नेपालमा नै मर्न मनमनै सोच्दै पुन नेपाल फर्किए २०६३ सालमा अत्तरिया सामुदायिक सिकाई केन्द्रले द्वन्दबाट बिस्तापित परिवारहरुलाई यहाँको समुदायमा स्थापित गर्ने कार्यक्रम युनेस्को काठमाडौको आर्थिक सहयोगमा तालिम सञ्चालन गरीरहेको थाहा पाए पछि सोही तालिममा सहभागी हुने निर्णयमा पुगे ।’

मल्लले धनगढीमा संचालनमा रहेका विभिन्न सीप विकास तालिमहरु मध्ये १० महिने विद्युत् जडान एनेक्स तालिम लिएपछि भने उनको जीवनमा परिवर्तन आउन सुरु भएको हो ।

विद्युत् जडान तालिम नसिकुन्जेल सम्म दैनिक ज्यालादारी १ सय देखि १ सय पचास सम्म मात्र दैनिक कमाउने गरेकोमा विद्युत् जडानको १० महिने एनेक्स तालिम लिइ सकेपछी उनलाई कहिल्यै कामको कमी नभएको उनी बताउँछन् ।

तालिम लिदाको संस्मण गर्दे उनी भन्छन, साईकलमा धनगढी र अत्तरिया अनि दिनभरीको तालिमको थकाई कहित्यै महशुष भएन, तालिमको समय कतिपय रात भोकै बिताएको उनको तितो अनुभव छ । तर, अहिले ती दिन उनैलाई कथा जस्तै लागेको छ ।

उनी भन्छन–‘लगनशिल भएर काम गरे अहिले आर्थिक रुपमा समेत सक्षम भएको छुँ ।’ उनी मात्र होइन, उनको परिवारको ४ जना सदस्य पनि मल्लको मेहनतको खुलेरै प्रशंशा गर्छन् । आजभोली उनी र उनकोे परिवारलाइ दैनिक खान र लगाउन समस्या छैन खर्च कटाएर मासिक २० देखि २५ हजार सम्म आम्दानी हुने भएपछि अब केही रकम जम्मा गरेर बजार क्षेत्रमा पसल संचालन गर्ने उनको योजना छ ।

मल्ल भन्छन् ‘मैले काम खोज्न कही जानु पर्दैन, काम गराउने ग्राहक पालो कुरेर बसेका हुन्छन, सबैको काम मिलाएर गर्छु त्यसैले सबैको प्यारो समेत बनेको छुँ ।’ उनी आपनो भविष्यकर्ता अत्तरिया सामुदायिक सिकाई केन्द्र र केही सहयोगी लाई लिने गरेका छन्, मल्ल त एउटा प्रतिनिधि पात्र मात्र हुन, उनी र उनी जस्तै थुप्रै युबाहरुले बिभिन्न किसीमका तालिम लिएपछि अहिले ब्यवसायिक रुपमै आफूलाई परिवर्तन गर्न सकेका छन् ।

अत्तरिया सामुदायिक सिकाई केन्द्रले विगत लामो समयदेखि अत्तरिया र आसपासको क्षेत्रका स्थानीयहरुलाई वायरिङ, ड्राइभिङ, कार्पेन्टरी, डकर्मी, सिकर्मी, वेतवास फर्निचर, पेन्टीङ, साइकिल मर्मत तालिम, मोटर साइकल मर्मत तालिम, कम्प्युटर शिक्षा तालिम, च्याउ खेती, मैनबत्ती, दालमठ तथा बेमौसमी तरकारी जस्ता थुप्रै तालिमहरु संचालन पछि समुदायमा रहेको बेरोजगारी समस्या समाधानमा टेवा पुगेको छ ।

बेरोजगारलाई स्वरोजगार युक्त समुदायमा रुपान्तरण गरी विपन्न वर्गका महिला , दलित, जनजाती, आदिवासी र सिमान्तकृत समुदायको दिगो विकासका लागि निरन्तर प्रयासरत रहेको केन्द्रका अध्यक्ष टीकादत्त जोशीको भनाइ छ ।

उनले यस क्षेत्रमा सामुदायिक सिकाइ केन्द्रले प्रदान गरेका सीप विकासबाट मल्ल जस्ता विभिन्न विपन्न व्यक्तिहरुलाई समृद्ध समाजमा ब्यवसायीक रुपमा स्थापित गर्ने सफल अभ्यास गरिरहेको समेत बताएका छन् । व्यवसायिक तालिमपछि स्वदेशमा नै रोजगारी सिर्जना भएको र केही हदसम्म वैदेशिक रोजगारी जानेहरुको संख्यामासमेत कमि आएको देखिएको छ ।


Loading...
Radio Bajura
Radio Bajura