• अहिले तरंगमा--विविध
    केहि छिनमा-- विज्ञापन/सुचना

चोरी गरेर अमेरिका पुर्याएका २ वटा मुर्ति फिर्ता

,२२ चैत्र काठमाडौं, – असीको दशकमा नेपालबाट चोरी भएर अमेरिका पु(याइएका दुई मूर्ति बुधबार स्वदेश फिर्ता गरिएको छ । पुराततत्व विभागमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वदेश फिर्ता गरिएका उमामहेश्वर र स्थानक बुद्धका मूर्ति सार्वजनिक गरिएको हो ।
बाह्रौँरतेह्रौँ शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति सन् १९८० मा ललितपुरको टङ्गालहिटीबाट हराएको पुरातŒव विभागले जनाएको छ । पत्थरको उक्त मूर्तिमा शिवले दायाँ खुट्टा ठाडो गरी ललितासनमा बसेको र बायापट्टि पार्वती शिवसँग अडेस लगाई काखमा कुहिनाले अड्याई बसेको देखिन्छ । मूर्तिमा शिवले माथिल्लो दुई हातमा अक्षमाला र त्रिशूल लिएको, तल्लो दुई हातमा पद्मबीज र कमण्डलु लिएको छ भने बायाँ हात शिवले पार्वतीको काँधमा राखेको सुखद दृश्य कलाकारले झल्काएका छन् । मूर्तिको माथिल्लो भागमा चन्द्र, सूर्य, छत्र र त्यसमुनि अप्सराहरूले अभिषेक गरिरहेको कला देखिन्छ । त्यसै दिगपाल, देवता, बसाह, सेविका, कुमार नन्दी चित्र र फेदमा गणेशसहित शिवगणको नृत्य रूप देखाइएको छ ।
त्यस्तै ११औँ १२औँ शताब्दीको भएको अनुमान गरिएको स्थानक बुद्धको ३५ इन्च उचाइको मूर्ति काठमाडौँको यट्खाटोलबाट सन् १९८६ मा हराएको थियो । आयाताकार आसनमाथि बायाँ खुट्टा हल्का खुकुलो गरी बङ्ग्याई दायाँ खुट्टा सीधा राखी त्रिभङ्ग मुद्रामा उभिएको बुद्ध मूर्तिको पृष्ठभूमि प्रभामण्डल अत्यन्त आकर्षक देखिन्छ । बुद्धले दायाँ हात बरद मुद्रा र बायाँ हातले वस्त्रको मुजा गलादेखि पाउसम्म झरेको वस्त्र धारण गरेका छन् । मूर्तिकलाको परम्पराले मथुरा कला शैलीलाई प्रतिविम्बित गरेको र लिच्छवीकालीन नेपाली कलाशैलीको उत्कृष्टता प्रकट गर्ने कार्यमा कलाकार सफल देखिन्छन्, गोरखापत्रमा खबर छ ।


Loading...
Radio Bajura
Radio Bajura