• अहिले तरंगमा--श्रृजनाका शब्दहरु
    केहि छिनमा-- विविध

ताजा हालखबर

दुर्घटनास्थलबाट हटाइयो मलिन्डो एयरको जहाज

काठमाडौं - बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्डो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले रनवे बाहिर फसेको विमानलाई हटाइएको जानकारी दिएका छन्। गौतमले ११ः३० बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान–अवतरण सुचारु हुने बताएका छन्।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको जहाज बिहीबार राति १०ः०७ बजे धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो।


Loading...
Radio Bajura
Radio Bajura