• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

बाह्विसमा बिजुली झिलिमिली

 बाजुरा – बुढीगंगा नगरपालिका ८, ९ र १० नम्बर वडामा बिजुली बल्न सुरु भएको छ ।
इकडीगाड खोलाबाट विद्युत उत्पादन गरी साविक बाह्विस गाविसका सबै टोल र बस्तीमा बिजुली बल्न सुरु भएको हो । नयाँ वर्षको आगमनसँगै गाउँमा झिलिमीली बत्ति बल्न थालेपछि स्थानीय खुसी भएका छन् ।

गाउँमा एक सय किलोवाट क्षमताको इकडीगाड लघुजलविद्युत निर्माण पछि बर्षौदेखि अँध्यरोमा बस्न बाध्य स्थानीय उज्यालोसँग जोडिएका छन् । आयोजनाबाट १ हजार १ सय १७ बढी परिवार लाभान्वीत हुने बुढीगंगा नगरपालिका १० का अध्यक्ष धर्मराज जैशीले बताएका छन् ।

हालको ८, ९ र १० नम्बर वडाका सबै टोल तथा परिवारलाई सेवा पुर्याउने गरी लाईन विस्तार गरिएको र नपुगेको बस्तीमा बैशाख भित्र बत्ति विस्तार गरिने इकडीगाड लघु जलविद्युत आयोजनाका अध्यक्ष रामबहादुर बानियाँले बताएका छन् ।

विद्युत निर्माणमा रामबहादुर बाँनीयाको एकल नेतृत्व रहेको थियो । उहाँकै व्यक्तिगत अगुवाई र सक्रियतामा विद्युत सेवा निर्माण सफल भएको हो । सोलार र अन्य वैकल्पिक उर्जाको श्रोतबाट उज्यालो लिईरहेका स्थानीयलाई विजुली विस्तारसँगै सजिलो भएको बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापाले बताउनु भएको छ ।

निर्माणका लागि वैकल्पिक उर्जा प्रवद्र्धन बोर्डले दुई करोड ५५ लाख रुपैयाँ, तत्कालीन सांसद कर्णबहादुर थापाको निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमबाट ५७ लाख रुपैयाँ, साविक बाह्रबीस गाउँ विकास समितिबाट ३२ लाख रुपैयाँ र साविक जिल्ला विकास समिति बाजुराबाट चार लाख रुपैयाँ गरी तीन करोड ४७ लाख रुपैयाँ प्राप्त अनुदान लगानी गरिएको छ ।

आयोजनाको निर्माण कार्य २०७१ सालदेखि शुरु भएको थियो । आयोजना अध्यक्ष बानियाँले उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणको भन्दा सस्तो दररेटमा विजुली उपलब्ध गराइने बताएका छन् ।


Loading...
Radio Bajura
Radio Bajura