• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

माग्नेबुढाले सुरु गरे सामाजिक कामः सर्लाहीका मुस्लिम बालकलाई लगाउने भए यस्तो गुण १

माग्नेबुढाले सुरु गरे सामाजिक कामः सर्लाहीका मुस्लिम बालकलाई लगाउने भए यस्तो गुण १   

अहिले देशभर बालबालिका भर्ना अभियान सुरु भएको छ । प्रधानमन्त्री, मन्त्री, दलका नेता, कलाकार सबैले कम्तीमा एकजनाको पढाइ खर्च आफूले बेहोर्ने गरी अभिभावकत्व ग्रहण गरिरहेका छन् ।

यही क्रममा कलाकार केदार घिमिरे माग्नेबुढाले सरकारी अभियान ‘एक व्यक्ति एक विद्यार्थी’ लाई सफल बनाउन सर्लाहीका मुस्लिम परिवारका एक बालकको सम्पूर्ण पढाइ खर्च बेहोरेका छन् । घिमिरेले सर्लाहीका १३ वर्षीय बालक इन्ताज मोहसिनको पढाइ खर्च बेहोरेका हुन् ।

बाबु गुमाएका इन्ताजकी आमा इँटा भट्टामा इँटा बोक्ने गर्छिन् । नेपाली अक्षर नचिन्ने इन्ताज वर्कसपमा हेल्परको काम गर्ने गर्छन् । एक बालकलाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका कलाकार घिमिरेले शिक्षासम्बन्धी सरकारी विज्ञापनमा निःशुल्क अभिनय गर्ने घोषणा गरेका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura