• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

नाबालिग बलात्कारमा आसाराम दोषी ठहर

१२ वैशाख काठमाडौं  - जोभपुरको विशेष अदालतले नाबालिग बलात्कारमा आसाराम बापू दोषी ठहर भएका छन् ।

अहिले सजायबारे बहस भइरहेको छ । कति वर्ष जेल सजाय हुने भन्ने फैसला हुन बाँकी छ । उनलाई १० वर्षसम्म सजाय हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

७७ वर्षका आराराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura