• अहिले तरंगमा--साझा खबर
    केहि छिनमा-- हालखबर विशेष

‘ठक्कर खाएपछि ढुंगा देउता बनेर प्रेमको खोपीमा सजिन्छ’

१५ वैशाख, काठमाडौं - मोमिला अर्थात् ठक्करै ठक्करकी खाएकी एउटी सर्जक । यिनै ठक्करहरुका कारण हुन सक्छ, मोमिलामा एउटा अनौठो स्वभाव छ । उनी कुरा गर्दागर्दै आँसु छचल्काउँछिन् र अट्टाहस हाँस्न पनि सक्छिन् ।

मोमिला कविता वा निबन्ध लेख्दिनन्, उनीबाट ती निःसृत हुन्छन् । उनका निबन्ध, कविता र उनका कुरा आफैंमा बुझ्न गाह्रो अमूर्त चित्रजस्ता लाग्छन् ।

मोमिलामाथि लेख्न चाहने सबै पत्रकारको अनुभव छ, मोमिलाका बारेमा लेख्न बस्दा निकैबेर गम खानुपर्छ । किनभने, मोमिलाको जीवन अन्य मानिसको जस्तो सजिलो छैन । न त सरल रेखामा हिँडेको कथाजस्तो उनको जीवनीमा आदि, मध्य र अन्त्य नै छ ।

यस्तै जटिल कवि एवं निवन्धकार मोमिलासँग गएको साता अनलाइनखवरले उनका यिनै अप्ठ्यारा जीवनका विषयमा कुरा गर्न चाह्यो र सोध्यो– ‘तपाईंका विषयमा लेख्न सकिने सबैभन्दा सरल कुरा के हो रु’

उनले हाँस्दै भनिन्– ‘जीवन सरल नै कहाँ छ र रु जीवन भनेको बक्ररेखा त हो ।’

पेसाले नेपाली भाषा शिक्षक मोमिला कुनै पनि प्रश्नको धाराप्रवाह र लामा उत्तर दिन चाहन्छिन् । यसपटक भने उनलाई छोटा उत्तर दिन आग्रह गरियो ।

कुनै पनि प्रश्नको उनीसँग छोटोमीठो र सरल उत्तर नै छैनन् जस्तो लाग्छ । उनी भन्छिन्, ‘किनभने जीवन सोचेजस्तो छोटोमीठो र सरल छैन, तैपनि म छोटो हुने प्रयास गर्छु ।’

मोमिलाका ४ कवितासंग्रह र १ निबन्धसंग्रह प्रकाशित छन् । उनी नेपाली कलासाहित्य डटकमकी प्रकाशक–सम्पादक पनि हुन् ।

मोमिला पछाडि थर झुण्ड्याउन नचाहनुको कारण के हो रु

किनकि मोमिला सबैभन्दा पहिले मान्छे हो । उसको अर्को कुनै जात छैन । फेरि मलाई पारिजात नाम साह्रै मन पर्दथ्यो । थर अलग्याउनुको कारण पारिजातजस्तै नाम प्रिय भएर पनि हो ।

थर राख्न नचाहनुको अन्य कुनै कारण छैन भन्नुभएको हो रु

धनकुटामा मेरा बुवा प्रख्यात हुनुहुन्थ्यो, सिद्धिप्रसाद जोशी । उहाँ गीतकार हुनुहुन्थ्यो । बाद्यवादक हुनुहुन्थ्यो । मूर्तिकार हुनुहुन्थ्यो । गायक हुनुहुन्थ्यो । यति प्रशिद्ध व्यक्तिको थर झुण्डाउन नचाहनुको कारण केही पनि छैन ।

मेरा तीन दाजुहरुमध्ये कोही पनि सिर्जनामा हुनुहुन्न । छिटपुटबाहेक दिदी पनि सिर्जनामा हुनुहुन्न । बुवाकै कारण म यो क्षेत्रमा आएकी छु । त्यसैले थर नझुण्ड्याउनुमा अन्य कुनै आकर्षण या विकर्षणसँग सम्बन्धित कारण छैन ।

तर, महिलाले श्रीमानको समेत थर राख्छन् नि रु

त्यो सम्बन्ध दुर्घटित भएको धेरै समय भयो । उसो त मैले कहिल्यै पनि थर झुड्याउने मोह राखिनँ । सुरुदेखि नै मेरा सिर्जनामा मोमिला मात्रै छ ।

मोमिला आजकी चर्चित कवि, निबन्धकार हुनुमा कुन कुराले काम गरेको छ रु

बुुवाकै प्रभाव हो । म ५ वर्ष ५ महिनाकी हुँदा जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम हुने अवसर प्राप्त गरेकी थिएँ । नृत्य प्रतियोगितामा पनि प्रायः प्रथम नै हुन्थेँ । कला, संगीत र साहित्य तीनवटै क्षेत्रमा मेरो रुचि थियो ।

    साहित्यिक क्षेत्रमा हरेक लेखकले साहित्यिक दुर्घटना बेहोर्नु परिरहेको छ । पाउनुपर्ने पुस्तकले पुरस्कार नपाउने, छापिनुपर्ने मानिसका रचना नछापिने, कुनै गुटमा नभएका लेखकले सिर्जनात्मक साथी र रचनात्मक सुझाव नपाउने कुरा धेरै छन्

खासमा म लतिलकला पढ्नका लागि काठमाडौं आउन चाहन्थेँ । तर, जीवन कहाँ त्यति सजिलै सरल रेखामा हिँड्छ र रु त्यो सपना अधूरै रह्यो । पछि काठमाडौं आएपछि जीवनले बक्ररेखा पक्रियो ।

जीवनमा तपाईं अन्त्यन्तै विद्रोही देखिनुहुन्छ । यसरी विद्रोही हुनुका पछाडि कारण केके छन् रु

म मूलतः तीनवटा कारण देख्छु । राजनीतिमा जस्तो मेरो जीवन बक्ररेखामा हिँड्नुका पछाडि व्यक्तिगत, सामाजिक, प्राज्ञिक तथा साहित्यिक कारण छन् ।

पहिलो व्यक्तिगत कारणतिर जाऊँ । कुनकुन व्यक्तिगत कारणले तपाईंको जीवन यस्तो भयो रु

हामी अनौठो अवोध परिवेशमा हुर्किएका थियौं । घरका बाहेक बाहिरका कुनै लोग्ने मानिसले छोयो भने गर्भवती भइन्छ भन्ने लाग्थ्यो । यही कारण घर बाहिरका लोग्ने मान्छेसँग उठबस गर्ने कल्पना गर्न पनि सकिन्नथ्यो । हाम्रा धर्मशास्त्रहरुमा कुन्तीलाई सूर्यले स्पर्श गरेर कर्ण जन्माएको कथा छ । ऋषि पत्नीहरुले कामदेवको वीर्य पतन भएको स्थानमा आगो ताप्दा गर्भवती भएको प्रसङ्ग छ । यसले मलाई गहिरो प्रभाव पारेको थियो ।

तर, एसएलसीपछि एकजना पुरुषसँग म नजिक थिएँ । उनी मलाई प्रेम गर्थे । तर, म भौतिकरूपमा टाढा रहन चाहन्थेँ । पछि पुरुषले छोयो भने गर्भवती भइन्छ भन्ने भयसँगै मर्यादाको सम्मान गर्दै मैले विवाह गरेँ ।

यसरी सुरुमै जीवनलाई सुन्दर बनाउन होइन कि भय र मर्यादाका नाममा अज्ञानतामै मैले जीवनको नयाँ अध्याय सुरु गरेँ । जब जीवनको जग फरक ठाउँमा राखिन्छ, त्यो कमजोर हुन्छ । मेरो आजको जीवन जे छ, त्यो एउटा कारण हो ।

सामाजिक कारणले तपाईंको जीवनलाई कसरी विद्रोही बनायो रु

 

 

जब तपाईंलाई मैले गलत गरेँ भन्ने लाग्छ, अरुले के भन्लान् भन्ने सोचिन्छ । जब उसको आँखा समाजतिर जान्छ, त्योबेला समाजले जे भन्छ, जस्तो सल्लाह दिन्छ, त्यतैतिर लागिन्छ ।

मैले पनि विवाहपछि समाजका चाल चलन पच्छ्याएँ । समाजले एकपटक विवाह गरेपछि त्यो धर्म निभाउन आग्रह गर्छ । त्यसले गर्दा म केही विक्षिप्त भएँ । नयाँ बाटो कोर्न केही समय ढिला भयो ।

तपाईले बारम्बार प्राज्ञिक क्षेत्रलाई पनि प्रहार गरिरहनुभएको छ । यसको कारण केही छ रु

म नेपाली साहित्यको स्नातकोत्तर श्रेणीमा महिलातर्फ प्रथम भएकी थिएँ । त्योबेला प्रथम महिलालाई पद्मकन्या पदक दिने चलन थियो । त्यसका लागि गोरखापत्रमा नाम निस्कियो । तर, अन्त्यमा मेरो शुन्य दशमलब शून्य एक प्रतिशत नम्बर कम भएको भनेर त्यसबाट बञ्चित गरियो ।

पुरस्कार ठूलो कुरा थिएन, तर पत्रिकामा नाम प्रकाशित भएर पुरस्कार लिन मानसिकरुपमा तयार भएकी युवतीलाई झिनो नम्बरको कारण देखाएर पुरस्कार लिनबाट बञ्चित गर्ने हाम्रो प्राज्ञिक कमजोरीको मैले खुलेर विरोध गर्दै आएकी हुँ ।

अर्कोपल्ट एकजना महिला लेखकलाई शिक्षा तथा संस्कृति मन्त्रालयले प्रज्ञाप्रतिष्ठान मार्फत जापानको कलासंस्कृतिको अवलोकन गराउन जापान लैजाने भयो । म त्योबेला कलेज पढाउँथे । कलेजमै मेरो नाममा जापान जानका लागि वायोडाटा पठाउन अनुरोध आयो । म स्थापित लेखक नै थिएँ, तर अन्त्यमा मेरो नाम हटाएर अर्की महिलालाई पठाइयो ।

जापान जाने महिलाको मैले विरोध गरेकी होइन, तर शिक्षा मन्त्रालयजस्तो देशको सम्पूर्ण शिक्षा हेर्ने निकायले साहित्यकारको नाममा आएको कोटा कुनै अमूक व्यक्तिलाई दिनू कति गम्भीर गल्ती हो रु

यी प्रतिनिधि घटना हुन् । यस्ता कति घटना होलान् भन्ने बुझेपछि आजभोलि मलाई यस्ता कुरामा आदत बसिसकेको छ ।

अब साहित्यिक दुर्घटनाको कुरा पनि भनिदिनुस् त रु

साहित्यिक क्षेत्रमा लागेका हरेक लेखकले साहित्यिक दुर्घटना बेहोर्नु परिरहेको छ । नेपाली साहित्यमा यस्ता घटना हजारौं छन् । नमूनाका लागि के भन्छु भने पाउनुपर्ने पुस्तकले पुरस्कार नपाउने, छापिनुपर्ने मानिसका रचना नछापिने, लेखक–लेखकमा हुने गुट–उपगुटले कुनै गुटमा नभएका लेखकले सिर्जनात्मक साथी र रचनात्मक सुझाव नपाउने यस्ता कुरा धेरै छन् ।

तपाईं आफू लेखक–कवि भएर आफै साहित्यिक पुरस्कार गठन गर्नुभएको छ । विभिन्न साहित्यिक गतिविधि गर्दै हुनुहुन्छ । यो काम अन्य संघ संस्थाहरुले गर्नुपर्ने होइन रु

त्यही साहित्यिक दुर्घटना नहोस् भनेर । जुनबेला ममाथि साहित्यिक दुर्घटना हुन थाले, मलाई लाग्यो, मजस्ता पीडित सर्जक कति होलान् रु पक्कै धेरै छन् । मजस्ता अवसर नपाउने कवि लेखकलाई पुरस्कृत गर्ने, सम्मान गर्ने, भ्रमणमा लैजाने र स–सम्मान लेखक भएको अनुभूति दिने भन्ने लागेर मैले नेपाली साहित्य कला डटकम प्रतिष्ठान खोलेकी हुँ ।

यो संस्थाले प्रत्येक वर्ष नेपाली कला साहित्यको पुस्तक निकाल्छ र त्यो नेपाली कलासाहित्य डटकममा पनि अपडेट गर्छ । मोफसलका विभिन्न संघ संस्थाहरुसँग मिलेर नेपाली लेखकलाई भ्रमण गराउँछ ।

त्यसैगरी प्रत्येक वर्ष एकजना पुराना श्रष्टालाई सम्मान र तीनजना नयाँ श्रष्टालाई पुरस्कृत गर्दै आएको छ ।

यसो गर्दा के फाइदा हुन्छ रु

एउटा श्रष्टाले नै अर्को श्रष्टा चिनेको हुन्छ । श्रष्टाले नै पुरस्कार र सम्मानको व्यवस्था गर्ने हो भने एउटा श्रष्टाले आफू अपमानित भएको महसुस गर्नुपर्दैन ।

तपाईंका कविता र निबन्धमा प्रेम, विवाह, यौन र महिला पीडाका कुरा बढी आउँछन् । के यीबाहेक अन्य विषय छैनन् रु

आखिर जीवन भनेको के हो रु यिनै भोगाइ, यसका ठक्कर र यसबाट जन्मने पीडाका अनुभूति होइनन् त ।

तपाईं आफूले भोगेकै जीवन लेख्नुहुन्छ रु

लेखकले आफू जहाँ छ, त्यही लेख्ने हो । त्योभन्दा अन्यथा लेख्ने कल्पना गर्छ, प्रयास गर्छ । तर, लेख्ने आफूलाई नै हो । जीवनलाई नै हो । किनकि आपूm स्वयम् नै समाजको प्रतिनिधि पात्र पनि त हो १

यीबाहेक धेरै विषय लेख्न बाँकी अरु पनि छन् नि होइन र रु

नयाँ कसैले लेख्न सक्तैन र लेख्न बाँकी पनि केही छैन । सबै पुरानैका नयाँ संस्करणहरु हुन् । हामी त्यही लेख्न सक्छौं, जो हामी छौं । अन्यथा लेख्न खोज्दा न लेखकले राम्रो लेख्न सक्छ, न पाठकमाथि नै न्याय हुन्छ ।

यसो फर्किएर हेर्दा मोमिला को हो रु

हजार पीडाहरुलाई माया गर्दै जीवनको बक्ररेखामा आफ्नो अस्तित्व खोजिरहेकी एउटी आउटसाइडर ।

त्यो भनेको चाहिँ के हो रु

म जीवनका विविध पीडामा बगिरहेको खोलामा ढुंगाले खाने ठक्करजस्तो पीडामा पनि हाँस्न सक्ने एक महिलाका रूपमा आफूलाई पाउँछु । किनभने, मलाई पीडाहरु पनि प्रिय लाग्छन् । पीडाको ठक्करबाट आएको संगीत नै मेरा लागि प्रिय छन् । र, त्यही नै विशिष्ट आस्तित्विक जीवनजस्तो लाग्छ ।

तपाईंको लेखकीय ध्येय के को रु

आफूलाई, जीवनलाई, अस्तित्वलाई परिभाषित गर्ने प्रयास गर्नु । लेखकीय अर्थ मैले बुझेजस्तो मात्र नभएर अरुले बुझेजस्तो पनि हुँदा रहेछन् ।

अर्थात् भनौं, अरुको सत्य र मेरो सत्यको अनुहार फरक पर्दोरहेछ । यद्यपि अरुका वेदनाका रंग र मेरा वेदनाका रंगमा खासै फरक छैन । आफूलाई लेख्दालेख्दै अरुमा घुलमिल हुनु अर्थात् एकाकार हुनु नै मेरो लेखकीय ध्येय हो ।

यो शहरमा एक्लो–एक्लो छु भन्ने गर्नुहुन्छ, किन रु

यो सहर नै यस्तै छ । आजको यान्त्रिक सहरमा म मात्र होइन, सबै एक्ला छन् । आफ्नै ठानिएका फूलहरु पनि आफ्नो नठाने हुन्छ । बाटामा कतै उनीहरुका भगवान् भेटे उनीहरु त्यहीँ समर्पित भैदिन्छन् । त्यसैले यहाँ यो आउटसाइडर एक्लो भइदिन्छ ।

तपाईं प्रेममा हुनुहुन्छ भन्ने कुरा आयो, यो उमेरमा पनि प्रेम रु

प्रेम नै त हो, जसले संसारलाई बाँच्नलायक बनाएको छ । प्रेम त जुन उमेरमा पनि हुन्छ नि । प्रेममा उमेरको सीमा कहाँ हुन्छ र १

कति वर्षदेखि हुनुहुन्छ यो प्रेममा रु

१२ वर्षदेखि ।

प्रेम भएपछि विवाह पनि त गर्नुपर्छ होला नि रु

एक अर्थमा प्रेममा विवाह जरुरी छैन । तर, सबैमा त्यो लागू नहुन सक्छ । परिस्थिति नमिलेर पनि विवाह नभएको हुन सक्छ, अरु कारण पनि हुन सक्छ ।

अबको जीवन कस्तो महसुस गर्नुहुन्छ रु

ठक्कर खाएपछि ढुंगा पनि देवता बन्छ र प्रेमको खोपीमा सजिन्छ


Loading...
Radio Bajura
Radio Bajura