• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

तोली स्वास्थ्य चौकीमा अाैषधी अभाव

बाजुरा- त्रिवेणी नगरपालिका स्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त बनेको छ । स्वास्थ्य कर्मी र औषधीको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा रहेको छ ।

हाल स्वास्थ्य चौकीमा एक जना अनमी देवकी गौमत मात्र कार्यरत रहेका छन् । कोही विदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले जानकारी दिएकी छन् । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिका केन्द्रको १० मिनेटको दुरीमा रहेको छ ।

स्वास्थ्य कर्मी नहुँदा उपचार सहीत सुत्केरी सेवा समेत प्रभावित बनेको छ । विहान बेलुका एकै जनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको गौतमले स्वीकार गरेकी छन् ।
स्वास्थ्य चौकीमा दैनिक २० देखि २५ जना जति बिरामी उपचारका लागि आउने गरेका छन् । तर, स्वास्थ्य कर्मी नहुँदा सेवा नपाएर घर फर्किनु पर्ने बाध्यता छ । स्वास्थ्य चौकीमा कर्मचारीसँगै औषधीको पनि अभाव देखिएको छ ।

गर्मीको मौसममा पखालाको संक्रमण बढ्ने भएपनि सलाइन लगायतका सामान्य औषधी पनि नभएको अवस्था छ । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिकाको स्वामित्वमा छ । तर नगरपालिका आफ्नै विवादमा ठिक्क छ । स्वास्थ्य सेवा बारे नगरपालिका बेखर छ ।

औषधी गएको वर्ष मंसिरदेखि कमी भएपनि चरम अभाव चैत्रदेखि भएको बताईएको छ । स्वास्थ्य चौकीमा २ जना अहेव, २ जना अनमी, २ जना कार्यालय सहयोगी कार्यरत छन् । तर, प्रायः सबै स्वास्थ्य चौकीमा उपस्थित हुने गरेका छैनन् । हेल्थ असिष्टेन्ट पद पनि रिक्त छ ।
स्वास्थ्य चौकी इन्चार्ज वीरबहादुर अयडी त्रिवेणी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको चिठी लिएर आएपछि कार्यालय प्रमुख विहिन बनेको छ । कार्यालयको अस्तव्यस्तताका कारण संस्थागत सुत्केरी गराए वापत पाउने सुत्केरी भत्ता समेत उदारो छ ।

सुत्केरी अवस्थामै सुरक्षा र आवश्यक पोषणका लागि पाउनु पर्ने भत्ता नै उदारो हुँदा सुत्केरी असन्तुष्ट बनेका छन् । संस्थामा सुत्केरी गराए वापत १५ सय र नियमित गर्भजाँचको चार पटक गराएवापत ४ गरी थप दिने व्यवस्था छ ।

कार्यालय सहयोगीले डेढ वर्षदेखि भ्याक्सिन ढुवानी वापतको रकम समेत नपाएको गुनासो गरेका छन् । नगरपालिकाले भने यस बारे कुनै चासो नदिएको पाईएको छ । औषधी खरिद देखि सबै रकम स्थानीय तहमा गरेको छ । तर त्रिवेणी नगरपालिकाको तीन हप्तादेखि आर्थिक कारोबार बन्द छ ।
कर्मचारी अटेर गर्ने र मनोमानी रुपमा चल्ने भएकोले समस्या भएको नगर स्वास्थ्य संयोजक चिरञ्जीवीले बताएका छन् । औषधीको केही मात्रामा कमी भएकोले तत्काल ल्याउने प्रक्रिया सुरु भईसकेको शाहको भनाई छ ।
 


Loading...
Radio Bajura
Radio Bajura