• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

पन्ध्र वर्षपछि रोपाई हुदै रजातोलीमा,

बाजुरा- बडिमालिका नगरपालिका ७ रजातोलीको माथिल्लो खेत १५ वर्षपछि रोपाई हुने भएको छ । सिँचाइ सब डिभिजन कार्यालय बाजुराले सिँचाई कुलो निर्माण गरेसँगै रोपाई हुने भएको हो ।

गाउँमा रहेको कुलो २०६१ भदौ ६ गते रातीको बर्षाको बाढीले बगाएर क्षति पुर्याएको थियो । त्यो पछि स्थानीयले ठूलो लगानी लाग्ने भन्दै सिँचाई कुलो निर्माणमा ध्यान दिएका थिएनन् ।

सिँचाई कुलो नहुँदा कोदो खेती गर्दै आएका स्थानीय यो वर्ष धान खेती गर्न पाउने भएपछि खुसी भएका छन् । कुलो निर्माण कार्य सम्पन्न भएको र रोपाइ हुने भएपछि उनीहरुले धान बेर्ना समेत राखिसकेको पत्रकार लक्ष्मीराज पाध्यायले बताउनु भएको छ ।

जिल्ला सिचाइ सब डिभिजन कार्यालय बाजुराको आयोजनामा सिचाइ कुलो निर्माण भएपछि यो बर्षदेखी धान रोप्ने तरखरमा स्थानीय रहेको बडिमालिका ७ का वडा अध्यक्ष पाध्यायले बताउनु भएको छ । कार्यालयले १ करोड ६० लाख ६७ हजार रुपैयाको लगानीमा कुलो निर्माण गरेका हुन् ।

आयोजनाबाट रजातोलीका १ सय २ घर परिवार लाभान्वीत हुने सिचाई सव डिभिजन कार्यलयका प्रमुख इन्जीनियर छबीराज जोशीले बताउनु भएको छ । कुलो निर्माण पछि यो बर्ष ७ सय रोपनी जमिन सिचाइ हुने भएको छ । सिँचाई सुविधासँगै हिउँदमा पनि बेमौसमी खेती गर्न सजिलो हुनेमा किसान आशावादी बनेका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura