• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

कोल्टीमा विद्युत सेवा अवरुद्ध


बाजुरा- कोल्टीमा रहेको बड्डीगाड लघुजल विद्यूत आयोजना अवरुद्ध भएको छ । बैशाख २६ गतेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत अवरुद्ध भएपछि स्थानीय कोल्टी बासी अध्यरोमा बस्न बाध्य भएका छन् ।

विद्युत समितिको लापरवाही र मनोमानीले विद्युत नियमति हुन सकेको छैन । यो पटक बर्र्षाका कारण विजुलीको नहर भत्किएको थियो । विद्युत नहर भत्किएको हप्तादिन बित्न लाग्दा पनि समितिले कुनै वास्ता नगरेको पत्रकार धर्मलाल सुनारले कोल्टीबाट जानकारी दिनु भएको छ ।

२४ मिटर लामो नहर भत्किएका कारण निर्माणमा ढिलाई भईरहेको विद्युत प्राविधिक दिर्घ विष्टले बताउनु भएको छ । यता व्यापारी र बजार बासी भने समितिको कार्यशैली प्रति आक्रोश हुदै गएका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura