• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

भिरबाट लडेर एक युवककाे मृत्यु


बाजुरा जेठ ७- भिरबाट भिरबाट लडेर खप्तड छेडेदह गाउपालिका वडा नं ६ मैतोला बस्ने जोगि नाथको भिरबाट लडेर मृत्यु भएको छ् ।

गाउँबाट करिब १ घण्टा टाढा रहेको चुल्ली चोटे बथानकोे भिरबाट लडेर मृत्यु भएको उनका आफन्त पारीवारिक स्रोतले जानकारी दिनुभएको छ । एक्कासी मानसिक सन्तुलनमा समस्या आउदा जेठ ५ गते बिहान ११ बजे हराएका ३७ वर्षका जोगि नाथ रहेको उनका आफन्तले जानकरी दिएका छन् ।

खोजदै जाँदा हिजो आइतबार बेलुका ६ बजेतिर मृत्य अबस्थामा भेटाएको पारीवारीक स्रोतले बताइएको छ । उक्त नाथका  दिदि बहिनी र एउटा छोरा बैदेशिक रोजगारको लागि भारतमा गएको हुदा उनिहरु आउन समय लाग्ने भएकाले उनिहरु आएपछि भोली दाहासस्कार गरिने आफन्त दिपक नाथले जानरी दिनुभएको छ ।

उनका ३ छोरा, एक छोरी र श्रीमती बेसाहारा बिहीन बनेको आफन्तले बताएका छन् ।
 


Loading...
Radio Bajura
Radio Bajura