• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कार उपहार ! हेर्नुहोस् कसले दियो कार?

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग खेलेर फर्किए लगत्तै कार पाउने भएका हुन् । अब सन्दिप लामिछानेले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटा कम्पनीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ३ वर्षका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । उनले चढ्ने कारको सबै मूल्य कम्पनीले दिनेछ । १७ वर्षका उनी हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । सन्दीपले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए ।त्यसमा उनले आफूलाई अब्बल सावित गरेका छन् । सन्दिपले आईपीएलमा दिल्लीको अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

यो पनि पढ्नुहोस्
दिल्ली डेयरडेभिल्सले वाह् १ आईपीएलमा सन्दीपको सुपर प्रदर्शन, यस्तो रह्यो – इन्डियन प्रिमियर लिग ९आईपीएल०को सुरुवाति ११ खेलमा बेञ्चमा विताएका सन्दीप लामिछानेको तस्वीर ट्वीट गर्दै ‘उत्कृष्ट खोज, वाह् १ क्या खेलाडी’ दिल्ली डेयरडेभिल्सले लेखेको छ । साँचिकै सन्दीप दिल्लीका लागि उत्कृष्ट छनोट बने । १७ वर्षे नेपाली युवकले जब मौका पाए, आफूलाई प्रमाणित गरे र अन्तिम खेलमा उनको प्रदर्शन त ‘सुपर’ नै रहृयो । आईपीएल अरु खेलाडी जस्तै नेपाली युवा क्रिकेटर सन्दीपको पनि सपना थियो । अक्सनमा बोली लागेपछि उनको दिल्ली यात्रा त पक्का भयो तर, खेल्न पाउने नपाउने ठूलो संशय थियो किनभने हरेक टिममा एकसेएक खेलाडीहरु थिए । दिल्लीमा पनि ट्रेन्ट बोल्ड, अमित मिश्र, मोहम्मद सामी, लिम प्लंकेट, हर्सल पटेलदेखि दक्षिण अफ्रिकाका जुआन डाला लगायतका थुप्रै बलर थिए । भारतकै अभिशेक शर्मा, साहब नदिम पनि दिल्लीको टिममा अवसरको पर्खाइमा थिए ।

त्यही भएर होला उनले ११ खेल बेञ्चमा विताए तर, जब दिल्ली प्ले अफमा पुग्ने सम्भावना टर्‍यो त्यसपछि सन्दीपको भाग्य खुल्यो । दिल्ली डेयरडेभिल्सको बाँकी तीन वटै खेलमा सन्दीपले खेल्ने मौका पाए । आफूले पाएको मौकामा खरो उत्रिएका उनले प्रतियोगिताका अन्तिम खेलमा तीनसहित ५ विकेट लिए ।उनलेआफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । खेलमा दिल्ली ५ विकेटले पराजित भएपनि सन्दीपको बलिङको भने तारिफ भयो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका उनी ‘स्टाइलिस प्लेयर अफ द म्याच’ नै भए । सन्दीपले महेन्द्र सिंह धोनी र सुरेस रैनाको साझेदारी तोडेको खेलमा दिल्ली ३४ रनले विजयी भयो । दिल्लीका लागि चेन्नईविरुद्धको जित ठूलो थियो ।

यसरी लगातार दुई वटा खेलमा राम्रो प्रदर्शन गरेका सन्दीप अन्तिम खेलमा निर्विकल्प बने र त्यसलाई उनले प्रमाणित पनि गरे । अन्तिम दिनको खेल चलिरहँदा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले सन्दीपको समर्थनमा ट्वीट गरेका थिए, ‘निकै राम्रो गर्‍यौ, अझै धेरै अघि जानु छ ।’साच्चै मुम्बईको प्ले अफको बाटो बन्द गर्न सन्दीपको भूमिका महत्वपूर्ण रहृयो । दिल्लीको पहिलो ओभर नै बलिङ गर्न आएका उनले १३ रन खर्चेर १ विकेट लिए । त्यसपछि १० औँ ओभरमा बलिङमा आएका उनले ६ रन खर्चेर २ विकेट लिए । तेस्रो ओभरमा १३ रन खाएका उनले चौथो ओभरमा ४ रन मात्रै खर्चिए । ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । त्यसले मुम्बईमाथि थप दबाब बनाउन महत्वपूर्ण सावित भयो । खेलमा दिल्ली ११ रनले विजयी भयो । खेलपछि दिल्लीका कप्तान श्रेयस ऐयरले सन्दीपको बलिङ उत्कृष्ट रहेको र जितको आधार भएको प्रतिक्रिया दिए ।

यसरी सन्दिपले विश्वकै सबैभन्दा महंगो र चर्चित क्रिकेट लिगमा आफूलाई मात्र प्रमाणित गरेनन्, नेपाली खेलाडीको खेल स्तर विदेशी भूमिमा बुझाए र सुरुका खेलमा दिल्लीले सन्दीपलाई खेलाउँदा नतिजामा फरक पर्ने समर्थकको भनाइलाई सत्य सावित गरिदिए । टेलिभिजन स्कीनमा सन्दीपको खेललाई नियालेका राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले भने सन्दीपको खेल ‘सुपर’ रहृयो । उसले मौका पायो भने राम्रो गर्छ भन्ने विश्वास आफूमा रहेको र पाएको मौकामा राम्रो खेलेको उनले बताए ।


Loading...
Radio Bajura
Radio Bajura