• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

दलितले छोएको पानी खाएको भन्दै एक दम्पती गाँउ निकाला


कोल्टी । बाजुराको हिमाली गाउँपालिका वडा नं दुईको एक दम्पती  ६ बर्ष देखि गाउँलेको उत्पीडनमा परेका छन् । विकट तथा दुर्गम हिमाली गाउपालिकाको वडा नं २ नातिखोलामा बस्ने ६० बर्षिय जयलाल बुढाको परिवारलाई गाउँलेले दलित भएको भन्दै हरेक सामाजिक क्रियाकलापमा अलग्याएका छन ।
    

जयलाल बुढाका श्रीमति रिमकला बुढाले हिमाली गाउपालिकाको हालको गाउपालिका केन्द्र रहेको धुलाचौरमा विगतमा नातिनातिनीलाई बोर्डिङ स्कुलमा भर्ना गरी पढाउन बस्दा दलितको हातको पानी खाएको भन्दै गाँउलेले उहाँको परिवारलाई अलग्याएका हुन् । दलितसंग नाजायज सम्बन्ध राखेको भन्दै गाँउलेले कुटपिट गरि सामाजिक रुपमा अलग्याएको दम्पतिले बताएका छन् ।
    

गाउँले बाट लेखेटिए पछि बुढा दम्पती जंगलको नजिकै एक सानो झाप्रो बनाएर बस्दै आउनु भएको छ । गाउलेले गाउमा जान तथा उहाँका छोरा, छोरीलाई समेत भेट्न दिएका छैनन् । आफुहरुलाई छोराले भेटेमा समेत उनीहरुलाई गाँउलेले कुटपिट गर्ने गरेको जयलाल बुढाकी श्रीमति रिमकला बुढाले बताउनु भयो ।

हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दम्पतिका परिवारलाई दुख दिनेलाई कारवाहि गर्ने प्रतिवद्धता जनाउनुभएको  छ । वडा नं २ का वडा सदस्य वाचलाल बुढालाई गाउमै यो समस्या मिलाएर  दम्पतीलाई स–सम्मान गाउको सामाजिक कार्यमा समावेस गर्न पनि अध्यक्ष मल्लले आग्रह गर्नुभएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura