• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

स्थानिय सरकार सञ्चालन सम्वन्धी अन्तरक्रिया सम्पन्न,

कोल्टी– स्थानिय सरकार सञ्चालन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम शनिवार कोल्टीमा सम्पन्न भएको छ ।

हिमाली गाउपालिकाका जनप्रतिनिधि र विषयगत साखाका कर्मचारीहरुको लागि आयोजित सो कार्यक्रममा हिमाली गाउपालिकाका जनपप्रतिनिधि र कर्मचारी गरी ४३  जनाको सहभागिता रहेको थियो ।

अन्र्तक्रियामा योजना छनौट, सूचनाको हक,  स्थानिय सत्ता सञ्चालन र वडाध्यक्षको काम कर्तत्तय र अधिकारका लगायतका विषयमा जानकारी प्रदान गरिएको छ ।

अन्र्तक्रिया पछि जानकारीमा नभएका धेरै कुराको बारेमा जानकारी भएको र यसले स्थानिय स्तरमा काम गर्न सहज हुने अनुभव भएको हिमाली गाउपालिका –४ का अध्यक्षत तथा प्रवक्ता रमेश विकले बताउनु भयो ।

वडा सदश्य देखि अध्यक्ष सम्मको उत्तिकै र महत्वपूर्ण जिम्मेवारीका बारेमा समेत जानकारी भएको विकले बताउनु भयो । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा आयोजित उक्त तिन दिने कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी पुरुषोतम अधिकारी  हासाकुमारी मल्लले गर्नु भएको थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura