• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

दलित वस्ती पहिरोको उच्च जोखिममा


बाजुरा– हिमाली गाउपालिका वडा नं ३ युनामा रहेको दलित वस्ती बाढी पहिरोको उच्च जोखिममा परेको छ । गत बर्षको असोजमा आएको बाढीपहिरोले स्थानियको पशुचौपाया र खेत बगाएको र अहिले पनि  उच्च जोखिममा रहेको स्थानियले बताएका छन ।

पहिरोको जोखिम बढेपछि आफूहरु बर्खाको समय घर छोडेर लेक तिर जानु पर्ने वाध्यतामा रहेको स्थानिय जंगलाल सुनारले बताउनु भएको छ ।

गतबर्ष बर्षा संगै बाढीपहिरो आए पछि युनाका दलित परिवारका करिव दुई दर्जन पशुचौपाया र केहि घरमा क्षेति भएको थियो । अहिले पनि माथितिर स्थानिय गाउलेले ढुङगा निकाल्ने गर्दा फेरी जोखिम बढेको छ । ६ घर परिवार मात्र रहेको सो ठाउका दलित परिवारको खेतीगर्नका लागि जग्गा समेत नभएकाले खलो खाएर जीविको चलाउनु पर्ने वाध्यता रहेको स्थानिय रनविर सुनारले बताउनु भएको छ ।

अध्ययनका लागि नजिक विद्यालय पनि छैन, दलित गरिवका बच्चा बच्चीले बाहिर गएर पढ्न सक्ने समेत स्थिति नभएकाले पछाडी पर्नु परेको छ उहाँले गुनासो गर्नु भयो ।
 

फाइल फोटो


Loading...
Radio Bajura
Radio Bajura