• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

अवैध कम्पनीको कर्मचारी छनोट प्रक्रिया रोक्न प्रजिअको आदेश


बाजुरा–कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले कार्यालय प्रयोजनका लागि माग गरिएका कर्मचारीहरुको छनोट प्रक्रिया रोकिएको छ ।

आवश्यक कागजात नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले तत्काल प्रक्रिया अघिनबढाउन भनेपछि छनोट प्रक्रिया रोकिएको हो ।
   
कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सार्वजनिक सूचना प्रकाशीत गरी छनोट प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरिएको बताएको छ । संस्थाले कृषि वन कार्यक्रम सञ्चालनका लागि भन्दै १० जना कर्मचारीको माग सहीत विज्ञापन गरेको थियो ।

कम्पनीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति पत्र नलिएको र आवेदकबाट पनि पैसा असुली गरेको भन्दै गुनासो आउन थालेपछि कार्यालयका तर्फबाट सम्बन्धीत व्यक्तिलाई बोलाएर प्रक्रिया रोक्न लगाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् ।

कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपाल कम्पनी ऐन अन्र्तगत दर्ता गरिएको छ । तर सञ्चालकहरुले भने संस्था ऐन अन्र्तगत दर्ता गरिएपनि र पाँच वर्षका लागि कार्यक्रम सञ्चालन गर्ने आश्वासन सहीत कामकाज अघि बढाएको गैसस महासंघ बाजुराका अध्यक्ष काशी विकले बताएका छन् ।

सातदिने विज्ञापनबाट २ सय २० जना बढीले आवेदन दिएका थिए । ती सबैजनाबाट प्रति व्यक्ति ३ सयका दरले रकम असुल गरी ६५ हजार बढीरकम अवैध रुपमा संकलन गरेको आरोप नेपाल कम्यूनिष्ट पार्टीका नेता भरत थापाले बताएका छन् । कम्पनीलाई संस्थाका रुपमा भनेर झुटो प्रचार गरी युवाहरुलाई भ्रममा पारेर रकम असुल गर्ने नियत देखिएपछि प्रशासनलाई खबर गरेको थापाको भनाई छ ।

नेकपाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयलाई तत्काल प्रक्रिया रोक्न भनेका थिए । भने अनेरास्ववियु बाजुरालाई गतिविधि बुझ्न र निगरानी गर्न पनि परिचालन गरिएको बुझीएको छ । मौखिक परीक्षा मार्फत कर्मचारी छनोट गर्ने तयारी गरेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सूचना नै जारी गरी स्थगीत गरेको बताएको छ ।

कम्पनी एैन अन्र्तगत दर्ता भएपनि कार्यक्षेत्र विस्तारका लागि थप कागजात आवश्यक हुने र सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने प्रावधान रहेको छ । कम्पनीसँग कर्णाली प्रदेशका ६ वटा जिल्लामा कार्यक्षेत्रको अनुमति सहीत दर्ता गरेको प्रमाण छ ।
हाल थप ७ नम्बर प्रदेशका ९ वटै जिल्लामा थप कृषि वन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अष्टेलिन कम्पनीसँगको सम्झौतामा कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरणका लागि तथा हरियो प्रदेश र स्वच्छ सफा प्रदेश निर्माणका लागि काम गर्ने भन्दै कर्मचारी माग गरिएको हो ।

कम्पनीका जिल्ला प्रतिनिधि राजकुमार बास्तोलाले प्रक्रियामा कागजात अपुग भएपनि अवैध धन्दा नभएको बताएका छन् । कम्पनीका आधिकारित व्यक्तिआएर शाखा उद्घाटन सहीत परीक्षामा बस्ने काम आफैमा गलत मनसाय नभएको बास्तोलाको तर्क छ । कम्पनीले सबै जनाले तिरेको आवेदन शुल्क पनि फिर्ता गर्ने बताएको छ ।

कम्पनीका सचिव रणवीर विकले भने आफूहरुको काममा कुनै कमजोरी नभएपनि केही कागजात अपुग मात्र भएको फोन मार्फत बताएका छन् । सचिव विक नै आएर मार्तडीमा कम्पनीको कार्यालय बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्ट मार्फत दुई साता अघि गराएका थिए ।
 


Loading...
Radio Bajura
Radio Bajura