• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

समता एजुकेशनलार्इ रोक्न बडिमालिकाको निर्देशन


बाजुरा – जिल्लाको बडिमालिका नगरपालिकाले समता एजुकेशनमा भर्ना गरिएका विद्यार्थी फिर्ता लिन अभिभावकलाई आग्रह गरेका छ । नगर क्षेत्रभित्र सामुदायिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर गतिविधि अघि बढाउने नगर शिक्षा नीति पारित गरिसकेको अवस्थामा गुठीका नाममा आएको विद्यालयलाई अनुमति दिन नसकिने भन्दै भर्ना गरिएका विद्यार्थीलाई फिर्ता लिन सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ ।

समता एजुकेशन निजी गुठीले नेपाल सरकारको मौजुदा शिक्षा ऐन, नियमावलीको विधी र प्रकृया समेत पुरा नगरेको र बडीमालिका नगरपालिका शिक्षा नीती एवं नगर शिक्षा नियमावली २०७४ बमोजिम सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि प्ले ग्रुप (बालकक्षा) भन्दा माथि अनुमती नदिईने व्यवस्था अनुसार सो नीजी गुठीलाई सञ्चालन अनुमती दिन नसकिने भएकोले मनोमानी ढंगबाट स्वीकृती बेगर भर्ना गरिएका विद्यार्थीका अभिभावकहरुले आफ्ना बालबालिकाको सुनौलो भबिश्यलाई मध्येनजर गर्दै अनुमति एवं स्वीकृती प्राप्त विद्यालयमा समयमै भर्ना गर्न सूचना मार्फत भनिएको छ ।

नगरकार्यपालिकाको जेष्ठ १० गते बसेको बैठकको अनुमति नदिने निर्णय गरेको थियो । विद्यालय सञ्चालनमा अनुमति नदिने भएपछि समता फाउन्डेशनमा भर्ना भएका विद्यार्थीको भविष्य अन्योलनमा पर्ने खतरा बढेको छ ।

१ सय मासिक पढाई खर्च लिने भनेर भर्ना गरिएपनि थप एक हजार सुरुमै लिएको आक्रोश अभिभावकको रहेको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura