• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

के तपाइलाइ नचिनेको नम्बरबाट फोन आयो ? त्यसो भए अव यसरी नम्बर पत्ता लगाउनुहोस्

तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् ।

अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ । विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “ल्भउब िऋबििभच स् नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको हो । अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।

डाउनलोड कसरी गर्ने ?

तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, “Nepal Caller” सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

भारतीय रेल सञ्जालको सुरक्षार्थ थप १० हजार सुरक्षाकर्मी भर्ना गरिने

भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल बिस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ । भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार सरकारले रेल सेवालाई थप सुरक्षित बनाउन रेलसेवा बलको अनलाइन पेजमा गरेको नौ हजार ७३९ विज्ञापनमध्ये आठ हजार ६१९ पद रेलवे सुरक्षा जवान रहने छन् भने एक हजार १२० सव इन्सपेक्टर रहेका छन् ।

रेल सेवा मन्त्रालयका एक अधिकारीले बुधबार भन्नुभयो, “रेलसेवालाई थप सुरक्षित र मर्यादित बनाउन सरकारले रेलसेवाका लागि करिब १० हजार सुरक्षाकर्मीलाई भर्ना गर्ने भएको छ । यसबाट भारतीय रेल सेवा सञ्जाललाई थप व्यवस्थित बनाउन सकिने अपेक्षा सरकारको रहेको छ ।”

भारतमा रेलसेवाको विश्वकै केही मुलुकमाजस्तो व्यापक यातायात सञ्जाल विस्तार गरेको छ । भारतको उत्तरदेखि दक्षिणसम्म ठूलो क्षेत्रमा रेलसेवा विस्तार भएको छ । सरकारी तथ्याङ्क अनुसार भारतमा करिब नौ हजार रेलले प्रत्येक दिन दुई करोड ३० लाख यात्रुलाई सेवा दिने गर्छ ।


Loading...
Radio Bajura
Radio Bajura