• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

दार्चुला जिल्ला अस्पतालमा औषधी अभाव


दाचुल्ला– जिल्ला अस्पताल दार्चुलामा लामो समयदेखि औषधी अभाव भएको छ । औषधी अभाव हुँदा चेकजाँच गर्न आएका बिरामीले रित्तो हात फर्किनु पर्ने बाध्यता आएको छ । जिल्ला अस्पताल दार्चुलामा दैनिक कम्तीमा ६०÷७० जना बिरामी आउने गरेका छन् ।

तर औषधी अभावमा रित्तै हात फर्किनु परेको मालिकार्जुन गाउँपालीका वार्ड न २ का स्थानीय मोहन सिंह धामीले बताउनु भएको छ । सरकारले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि निशुल्क वितरणको जिम्मेवारी दिएको छ ।

सिटामोलबाहेक अन्य औषधि निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको अर्का विरामी सुरेन्द्र सिंहले बताउनु भएको छ । यो सीजनमा यहाँका अधिकांश मानिस यार्सागुम्बा संकलनका लागि लेकतिर जाने हुँदा लेक लाग्दा प्रयोग गरिने औषधी, प्रेसर, दादमा प्रयोग हुने क्रिमको निकै अभाव रहेको उहाँले बताउनु भएको छ ।

निशुल्क रूपमा उपलब्ध हुने ड्रेसिङका लागि एनएस औषधी पनि इमर्जेन्सी कक्षमै छैन। जिल्ला अस्पतालमा गर्मीको मौसममा आवश्यक पर्ने औषधी र अरु सामान्य समयमा चाहिने अति आवश्यक औषधी अभाव छ ।
 


Loading...
Radio Bajura
Radio Bajura