• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

सरसफाइमा रेडियो बाजुरा उत्कृष्ट

बाजुरा-  सरसफाइ सप्ताहमा गरिएको शौचालय अनुगमनमा शैक्षिक संस्था बढी फोहर देखिएका छन् । शौचालय भित्रको सरसफाइ र खानेपानी व्यवस्थापको अवस्था बारे गरिएको अनुगमनमा शिक्षा ईकाइ अन्र्तगत सञ्चालित अगुवा श्रोत केन्द्र तालिम हलको शौचालय सबैभन्दा बढी फोहर देखिएको छ ।
मालिका नमुना विद्यालय परिसर भित्र रहेको शौचालय बाहिर दिसा पीसाबले भरिएको र प्रयोग गर्न लायक नभएको अवस्थामा भेटिएको छ । १५ सय बढी विद्यार्थी अध्ययनरत नमुना विद्यालयसँगै रहेको श्रोत केन्द्र भवनको शौचालय दुर्गन्धीत अवस्थामा सबैभन्दा खराब भेटिएको सरसफाइ अभियान्ता शिवराज न्यौपानेले बताएका छन् ।

शौचालयको अवस्था, खानेपानी व्यवस्थापन, सरसफाइ, साबुन र हर्पेक सहीतका सामाग्री राखिए नराखिएको अवस्था सहीतको सूचकमा श्रोत केन्द्र भवनले मात्र १७ नम्ब पाएको छ । ३४ वटा सरकारी तथा गैर सरकारी कार्यालयमा गरिएको अनुगमनमा बाल मन्दिर प्रावि, क्रियटर जोन एकेडेमी, बडिमालिका बोडिङ स्कुल निकै दुर्गन्धीत र फोहर देखिएको छन् ।

अनुगमनका क्रममा बाल मन्दिर प्राविले २१, क्रियटर जोन एकेडेमीले ३०, बडिमालिका बोडिङ स्कुलले ३३ र जिल्ला स्वास्थ्य कार्यालयले ४३ नम्बर पाएका छन् । सफा सुग्धरहुन पर्ने र बढी चहल पहल हुने कार्यालयको सरसफाइ अवस्था हेर्दा दया लाग्दो र चिन्ता जनक रहेको छ ।

जथाभावी दिसा गरेको, शौचालयमा पानी, साबुनको व्यवस्था नगरिएको भेटिएको पत्रकार महासंघका उपाध्यक्ष एवं अनुगमन टोलीमा सहभागि रमा रावलले बताएकी छन् । अनुगमन जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र पत्रकार महासंघ तथा सञ्चार माध्यमको सहकार्यमा अनुगमन गरिएको हो ।

विद्यालयमा दिसा समेत सफा नगर्दा वातावरण दुर्गन्धीत बनेको देखिएको छ । सार्वजनिक सरोकारका कार्यालयको सरसफाइ अवस्थाले चिन्तित बनाएकोले तत्काल सुधार गर्न टोलीले सुझाव दिएको छ । अनुगमन गरिएका कार्यालय मध्ये रेडियो बाजुराको शौचालय सबैभन्दा सफा र व्यवस्थीत देखिएको छ ।

रेडियो बाजुरा र पीसविन बाजुराले ९८ नम्बर ल्याएका छन् । सफा, सुग्धर राखिएको, पानी र सावुनको व्यवस्था गरिएको र कार्यालयका सबैले फिल्टर गरेको र तताएको पानी खाने गरेको भेटिएको अनुगमन टोलीले बताएको छ ।

त्यस्तै कृषि विकास कार्यालय, जिल्ला प्रशासन, गिफ्ट बाजुरा भूसंरक्षण, एनआइसी एसिया, सेन्चुरी बैंक, सेभ द चिल्डे«न, कोलेनीका लगायतका कार्यालयले ९० भन्दा माथि नम्बर ल्याएका छन् ।
बडिमालिका नगरपालिका, कन्भर्स एकेडेमी, दुर सञ्चार शाखा कार्यालय पनि राम्रो नम्बर ल्याउने कार्यालयमा परेका छन् । मार्तडी भित्र रहेका बडिमालिका नगरपालिका ९ नम्बर वडाको शौचालय सफा देखिएपनि ८ नम्बर वडा कार्यालय निकै फोहर रहेको पाईएको छ ।

सबैजसो सरकारी कार्यालय सफा देखिएपनि विद्यालय भने दुर्गन्धीत र अव्यवस्थीत फोहर देखिएका छन् । शौचालयको सरसफाइमा कार्यालयको सरोकार र संवेनशिलता बारे जानकारी लिन पत्रकारलाई अनुगमन गरेर वास्तविकता बुझ्न लगाएको खानेपानी कार्यालय प्रमुख कृष्ण बोगटीले बताएका छन् ।
अनुगमन टोलीले फोटो संकलन सहीत सम्बन्धी कार्यालयका प्रतिनिधिसँग छलफल गरेको छ । संकलन गरिएको फोटो र कार्यालयको शौचालयको अवस्था बारे सम्बन्धीत निकायका प्रतिनिधि बोलाएर जानकारी गराउने कार्यालयले तयारी गरेको छ । सरसफाइको अवस्थामा सुधार ल्याउन र शौचालयको सरसफाइमा सचेत गराउन अनुगमन गरिएको हो ।
 


Loading...
Radio Bajura
Radio Bajura