• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

साविक ब्रह्मतोला गाविसमा पहिलो पटक बस पुग्यो


बाजुरा–जिल्लाको साविक ब्रह्मतोला गाविसको केन्द्रमा पहिलो पटक बस पुगेको छ । ताँप्रीसेरादेखि साविकको गाविस केन्द्रसम्मको बाटो निर्माणसँगै पहिलो पटक गाउँमा बस पुगेको हो । पहिलो दिन ना ४ ख ८४२८ नम्बरको बस पुगेको युुवा क्लबका अध्यक्ष एकेन्द्र थापाले बताउनु भएको छ ।

ताँप्रीसेरा, गाविस भवन, नरागं हुदै आटीचौर सम्मको कृषि सडक अन्र्तगत ३ किलोमिटर बाटोमा बस सेवा चल्न सुरु भएप्छि स्थानीय खुसी भएका छन् । गाउँमा बस पुगेपछि स्थानीय भव्य कार्यक्रम सहीत फूल माला अविरले स्वागत गरेका हुन् ।

कृषि सडक निर्माण उपभोक्ता समिति अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टीका नेता चन्द्र बहादुर थापा रहनु भएको थियो । हाल बुढीगंगा नगरपालिका २ र ३ नम्बरको वडा कार्यालय सोही स्थानमा राखिएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura