• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

धनगढी उपमहानगरका जनप्रतिनिधिको वार्षिक तलब खर्च साढे करोड


कैलाली– धनगढी उपमहानगरपालिकाले जनप्रतिनिधिको तलबमा मात्रै वाषिर्क करिब साढे एक करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । प्रदेश सभा संसदले पास गरेको सेवा सुविधाको विधेयक अनुसार उपमहानगरका जनप्रतिनिधिको तलवमा मात्रै एक करोड ४८ लाख ७२ हजार रुपैयाँ खर्च हुने भएको हो ।

उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको तलवको लागि मात्रै उक्त रकम खर्च हुने भएको हो ।

विधेयकमा उपमहानगरका मेयरको मासिक तलव ४० हजार, उपमेयरको ३५ हजार, वडाध्यक्षहरुको मासिक २४ हजार र वडासदस्यले मासिक ७ हजार तलब उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै कार्यपालिका सदस्यले मासिक १० हजारका दरले तलब सुविधा पाउने भएका छन् ।

त्यस्तै बिहीबार संसदले नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुको समेत सेवासुविधा निर्धारण गरेको छ । नगरपालिकाको मेयरले ३५ हजार, उपमेयरले ३० हजार, वडा अध्यक्षहरुले २२ हजार, वडासदस्यहरुले ७ हजार र नगर कार्यपालिका सदस्यहरुले मासिक ९ हजार रुपैयाँ पाउने व्यवस्था पास गरिएको छ ।

यसैगरी संसदले जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुको समेत सेवा सुविधा तोकेको छ । जसमा प्रमुखको ४० हजार ५००, उपप्रमुखको ३५ हजार ५०० र सदस्यहरुको ११ हजार रुपैयाँ मासिक तलब निर्धारण गरिएको छ । जनप्रतिनिधिहरुले विभिन्न बैठक, भ्रमण र गोष्ठीहरुमा पाउने भक्ता भने छुट्टै हुनेछ ।
 


Loading...
Radio Bajura
Radio Bajura