• अहिले तरंगमा--पुराना लोक दोहोरी गीतहरु
    केहि छिनमा-- पश्चिमका खबर (प्रदेश ६/७)

महिला संग उपप्रमुख कार्यक्रमको रेडियो बहस भाैनेरामा


बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका २ मा महिला संग उपप्रमुख कार्यक्रमको रेडियो बहस शुक्रबार भौनेरामा सम्पन्न भएको छ । कार्यक्रममा महिलाहरुले गाउँमा खेप्नुपरेका छाउँपडी प्रथा, जातीय छुवाछुत तथा भेदभाव, घरेलु हिंसा, जस्ता समाजमा जरा गाडेर बसीरहेका कुप्रथालाई अन्त्यका लागि बहसको आयोजना गरिएको हो ।

महिलाहरुलाइ पनी पुरुष जत्तिकै अधिकार दिनुका साथै, महिला र पुरुषबीच गरिने हिंसा न्युनिकरण एवं छाउपडी प्रथाको अन्त्य गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बडिमालिका नगरपालिका महिला विकास शाखा प्रमुख केशरी रोकायाले बताउनुभएको छ । कार्यक्रममा स्थानिय महिलाहरुका पिँडा तथा बेदनाहरु सुन्दै बडिमालिका नगरपालिकाका उपपमुख कविता बिष्टले ५ बर्ष सम्म नगरपालिका भित्र महिला माथि हुने कुनै पनि हिंसालाई न्युनिकरण गर्ने आफु लाग्ने बताउनुभएको छ ।

आफ्ना. कार्याकाल सकिएपनी महिलाहिंसा अन्त्यका लागि सधैँ लाग्ने बचन दिनुभएको छ । महिला माथि हुने हिंसालाई अन्त्य गर्नकै लागि यो कार्यक्रम तयार गरिएको उल्लेख गर्नुभएको छ । समाजमा बिद्यमान विसंगति, विकृति, कुरिति, कुसंस्कारसंगै,जातिय, लैङ्गिक तथा धार्मिक विभेदको अन्त्यका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा जोड दिनुभएको छ ।
    
महिलाग उपप्रमुख कार्यक्रम बडिमालिका नरगपािलका महिला विकास शाखाको सहयोग तथा रेडियो बाजुरा र रेडियो पौरखी आयोजनामा सञ्चालन भएको हो । वडा नं २ का अध्यक्ष डम्मर महतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा नगरउपप्रमुख कविता विष्ट रहुनभएको थियो,। भने कार्यक्रमको प्रमुख बक्ताको रुपमा उपप्रमुख कविता बिष्ट, र २ का वडा अध्यक्ष डम्मर महत रहनुभएको थियो ।

कार्यक्रममा स्थानिय महिला,पुरुष तथा दलितहरुले राखेका सुझाव तथा गुनासोँको बारेमा सवाल जवाफ गरिएको थियो । कार्यक्रममा स्थानिय महिला, पुरुष, धामी पुराजी, दलित र किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
 


Loading...
Radio Bajura
Radio Bajura