• अहिले तरंगमा--बिबिसी नेपाली सेवा (बिहानी पख)
    केहि छिनमा-- साझा सरोकार

ताजा हालखबर

काँग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका पाण्डेको कार्यकाल २ वर्ष हुने

बाजुरा- नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका बद्रीप्रसाद पाण्डेको कार्यकाल २ वर्ष हुने भएको छ । कार्यकाल निर्धारणका लागि राष्ट्रिय सभामा सोमबार भएको गोलाप्रथामा चिठ्ठा थुुत्दा पाण्डेको भागमा २ वर्षको चिठ्ठा परेको हो ।

प्रदेश ७ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने ७ जना मध्ये पाण्डे र तत्कालिन एमाले सांसद कमला ओलीको भागमा २ वर्षको चिठ्ठा परेको छ । उहाँ दुबै जनाले राष्ट्रिय सभामा २ वर्षमात्र सदस्यको भूमिका पाउनु हुने भएको छ ।

यस्तै अछामका शेरबहादुर कुँवरको ४ वर्ष, हरेराम चौधरीको ६ वर्ष, तारादेवी भट्टको ४ वर्ष, इन्दु कडरियाको ६ वर्ष, चक्र स्नेहीको ४ बर्ष र रमेश कुमार महरको ६ वर्ष कार्यकाल हुने भएको छ ।

खुला तर्फका हरेराम चौधरी र अपाङ्ग तर्फका रमेश कुमार महरको अवधी सबैभन्दा बढी ६ वर्ष हुने गरी चिठ्ठा भागमा परेको छ । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि आज गोलाप्रथा भएको छ । संसद भवनमा सबै ५९ जनाको गोलप्रथा सकिएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura