• अहिले तरंगमा--बिबिसी नेपाली सेवा (बिहानी पख)
    केहि छिनमा-- साझा सरोकार

ताजा हालखबर

उज्यालो बाजुरा र खडेरी मुक्त बाजुरा बनाउन सांसद थापाको सरकारलाई ध्यानाकर्षण

बाजुरा-  प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले केन्द्रीय सरकारले दुर्गम क्षेत्रलाई न्याय गर्न चुकेको बताउनु भएको छ । लगानी र श्रोत सुविधा सम्पन्न ठाउँमा केन्द्रीत हुँदा दुर्गम गाउँका पीडा पुरानै अवस्थामा रहेको बताउनु भएको छ ।

संसदमा बोल्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका थापाले कोल्टी क्षेत्रको खडेरी र भोकमरीको समस्या राज्यले संवोधन गर्नु पर्ने बताउनु भएको छ । देशकै ठूलो नदी कर्णाली आसपासकै जमिन बाँझो हुनु दुखत कुरा भएको बताउनु भएको छ ।

प्रर्याप्त जलश्रोत भएर पनि साना जलविद्युत उत्पादन नगर्दा जिल्लाका अधिकांश जनता अझै अँध्यरोमा बस्न बाध्य भएको उहाँले बताउनु भएको छ । संसदमा बाजुरा केन्द्रीत विषयलाई उठान गर्नु भएका थापाले खुसी नेपाली समृद्ध नेपाल निर्माणका लागि दुर दराजलाई बिशेष प्राथामिकतामा राख्न आग्रह गर्नु भएको छ ।
 


Loading...
Radio Bajura
Radio Bajura