• अहिले तरंगमा--व्यापारीक विज्ञापन
    केहि छिनमा-- साझा खबर

प्रधानमन्त्री प्रचण्डले युएई समकक्षी शेख मोहमदसँग भेट्दै

काठमाडाैं, माघ २ गते ।

विश्व उर्जा भविष्य बारेको सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो हुने भेटघाटमा दुई पक्षिय सम्बन्ध र सहयोगका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डले आज बिहान आबुधाबीमा रहेको शेख जायद ग्राण्ड मस्क (मस्जिद) को भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्रीले दिउँसो नेपाली दूतावास आबुधाबीले आयोजना गरेको भेटघाट तथा नेपाली प्रतिनिधिहरुको उपस्थितिमा हुने अन्तरक्रिया सहभागिता जनाउनु हुनेछ ।

त्यस्तै उहाँले विश्वकै अग्लो भवन बुर्ज खलिफाको भ्रमण समेत गर्नुहुनेछ । बेलुका दुबईमा नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सिलको आयोजनामा हुने भेटघाट कार्यक्रम प्रधानमन्त्री प्रचण्डको सहभागिता रहनेछ ।
 

Loading...

Loading...
Radio Bajura
Radio Bajura