• अहिले तरंगमा--
    केहि छिनमा-- प्रसारण सुरु धुन

ताजा हालखबर

बढ्यो घलेगाउँमा पर्यटक आगमन, होमस्टेले उकासियो महिलाको जिबनस्तर

बेलिना थापा,
लमजुङ, माघ २ गते ।

सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रुपमा परिचित लमजुङको घलेगाउँमा पर्यटक आगमन दर बढ्दै गएको छ । विगतमा चिसो मौसममा पर्यटक संख्या घट्ने गरेपनि यो वर्ष भने पर्यटक आगमन संख्यामा कुनै कमी नआएको घलेगाउँ पर्यटन विकास समितिका सचिव उमल विकले बताउनुभयो ।

 

उहाँका अनुसार दैनिक एक सय भन्दा बढि आन्तरिक र १५ भन्दा बढि बाह्य पर्यटक गाउँमा पुग्ने गरेका छन् । घलेगाउँसम्म घुम्न पुग्नेहरुलाई गाउँमै रहेका घरमा खाने, बस्ने र सुत्ने प्रबन्ध मिलाईएको हुन्छ, जसलाई ‘होमस्टे’ भनिन्छ । स्थानीयका अनुसार बाँकी घर मध्ये कसैले पाहुनाको स्वागत÷सत्कारमा समय खर्चिन्छन्, कोही साँस्कृतिक कार्यक्रम देखाउनमै व्यस्त रहन्छन् ।

 

हिले एक सय २० घरधुरी रहेको घलेगाउँमा ३३ घरमा होमस्टे सञ्चालनमा छ भने पाँच घरमा होमस्टे निर्माण हुँदैछ । गाउँस्थित दलित बस्तीमा पनि २ वटा सुधारिएको होमस्टे रहेको छ । ‘दलित बस्तीमा रहेका होमस्टेमा पनि पर्यटक आउन थालेको होमस्टे सञ्चालक समेत रहनुभएका विकको भनाई छ ।

 

वि.सं. २०५७ सालमा गाउँमा होमस्टे सञ्चालन सुरु भएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । घलेगाउँमै लामो समयदेखी होमस्टे सञ्चालन गर्दै आउनुभएकी दुर्गादेवी घलेले होमस्टे सञ्चालन गरेसंगै त्यसबाट हुने आम्दानीले जीवन चलाउन निकै सहज भएको बताउनुभयो ।

 

होमस्टे चलाएपछि आम्दानी भएको छ, जीवनस्तर उकासिएको छ,’ उहाँको भनाई छ । सदरमुकाम बेसीशहरबाट जीपमा २ घण्टा ३० मिनेट यात्रा गरेपछि घलेगाउँ पुग्न सकिन्छ ।
 

Loading...

Loading...
Radio Bajura
Radio Bajura