• अहिले तरंगमा--गीतहरु
    केहि छिनमा-- रेडियो नेपालबाट समाचार

ताजा हालखबर

पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

पटना, माघ २ गते ।

भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमता भन्दा बढी यात्रु राखेकाले डुबेको बताईएको छ ।

घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जनाको क्षमता रहेको डुंगामा ४० भन्दा धेरै  चढेका थिए ।

यसैबीच बिहारका मुख्यमन्त्री नितीश कुमारले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन निर्देशन दिनुभएको छ ।
 

Loading...

Loading...
Radio Bajura
Radio Bajura