• अहिले तरंगमा--हालखबर विशेष
    केहि छिनमा-- श्रृजनाका शब्दहरु

ताजा हालखबर

एमाले बागलुङमा जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग

रोशन जि.सी,
बागलुङ, ८ माघ गते ।

नेकपा एमाले बागलुङको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँड भएको छ । शुक्रवार सम्पन्न दोस्रो वैठकले सचिवालय, विभाग, फाँट र भुगोलको जिम्मेवारी तोकेको शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।    

 

जिल्ला अधिवेशन भएको एक महिना भित्रै एमाले बागलुङले ५९ सदस्यीय जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको हो । गत पुस ९ देखि १२ गतेसम्म एमाले बागलुङको आठौ जिल्ला अधिवेशन भएको थियो ।    

 

जिम्मेवारी बाँडफाँड अन्तरगत पहिलो चरणमा १७ जनाको सचिवालय गठन गरिएको छ । सचिवालयमा पदाधिकारीहरु अध्यक्ष इन्द्रलाल सापकोटा, उपाध्यक्ष कृष्ण पाठक, सचिव लालबहादुर थापा र उपसचिव विष्णु भुषाल तथा डिल्लीराज गौतम, शान्ति अधिकारी, सावित्रा राना मगर, गणेश थापा मगर, धनबहादुर परियार, भुपाल चालिसे, गोविन्द गौतम, सञ्जय श्रेष्ठ, के.बी. राना मगर, हुमाकुमारी जिसी (अञ्जु), होमनाथ सापकोटा, भरत पुरी र लक्ष्मण पुन रहनु भएको छ ।

 

यस्तै बैठकले विभागीय जिम्मेवारी समेत तोकेको छ । जसमा अध्यक्ष इन्द्रलाल सापकोटालाई स्कुल विभाग, उपाध्यक्ष कृष्ण पाठकलाई संगठन, सचिवालय सदस्यहरु डिल्लीराज गौतमलाई शिक्षा तथा मानवस्रोत, शान्ति अधिकारीलाई कृषि तथा भुमि सुधार, गणेश थापा मगरलाई स्थानीय विकास, धनबहादुर परियारलाई प्रचार, भूपाल चालिसेलाई आर्थिक, गोविन्दराज गौतमलाई निर्वाचन, केवी राना मगरलाई सामाजिक सेवा, संजय श्रेष्ठलाई उद्योग तथा वाणिज्य र हुमाकुमारी जिसी ((अञ्जु) लाई सहकारी तथा गरिवी निवारण विभागको जिम्मेवारी दिइएको छ । सचिवालय सदस्य सावित्रा रानालाई कार्यालय सचिव र महिला फाँटको जिम्मेवारी दिइएको छ ।    

 

यस्तै फाँट तर्फ अध्यक्ष सापकोटालाई पेशागत महासंघ, सचिवालय सदस्य भरत पुरीलाई बुद्धिजिवी, जिल्ला सदस्य पुनमप्रसाद शर्मालाई युवा तथा विद्यार्थी, प्रेमबहादुर परियार (सुजन) लाई मुक्ति समाज, अमरबहादुर थापालाई मानवअधिकार, मेहरसिंह पाइजालाई किसान महासंघ, श्यामबहादुर थापालाई जनजाती, सम्पन्न श्रेष्ठलाई खेलकुद, सुवर्ण पौडेललाई स्वास्थ्य, सरस्वती परियारलाई जनसांस्कृतिक महासंघ, टंकराज सुवेदीलाई मजदुर र मोहम्मद हुसेनलाई अल्पसंख्यक फाँटको जिम्मेवारी दिएको अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।     
  

यस्तै वैठकले क्षेत्रीय रुपमा २ नम्बर भुगोलको जिम्मेवारी उपाध्यक्ष पाठक, १ नम्बरको सचिव लालबहादुर थापा र क्षेत्र नम्बर ३ मा उपसचिव विष्णु भुषाललाई जिम्मेवारी दिएको छ । यस्तै सचिवालय र जिल्ला सदस्य गरी ४९ जनालाई गाउँ तथा नगर र वडा भुगोलको जिम्मेवारी दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।    
     

बैठकले जिम्मेवारी लगायत विभिन्न समसामयिक निर्णय गरेको छ । संविधान संसोधनको प्रस्ताव फिर्ता लिई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको छ ।     
   

एमाले बागलुङले नेपाली जनताले सदियौदेखि देखेको देश विकास र समृद्धिको सपनालाई संविधान संसोधनको प्रस्तावले कुठराघात गरेको भन्दै प्रस्ताव फिर्ता लिई स्थानीय तहको निर्वाचनको मिति घोषणा गरि निर्वाचनको वातावरण सिर्जना गर्न माग गरेको हो ।         

 

संविधान कार्यान्वयनका लागि जिल्ला तहवाट दवाव सिर्जना गर्नका लागि प्रभावकारी रुपले जनपरिचानलन अभियान संचालन गर्ने, माघ मसान्तसम्म बागलुङ क्षेत्र नं १ क्षेत्रीय कमिटी, क्षेत्र नं २ क्षेत्रीय कमिटी र नगर कमिटीको बैठक सम्पन्न गर्ने र अवधी पुगेको क्षेत्रीय कमिटी ३ को अधिवेशन फागुन २२ गते सम्पन्न गर्ने निर्णय गरेकोे छ ।

त्यस्तै फागुन मसान्तसम्म मातहतका सम्पुर्ण कमिटीका भेला, प्रशिक्षण र अवधी पुगेका कमिटीका अधिवेशन र जनसंगठनका सम्मेलन सम्पन्न गर्ने, पार्टी प्रवेश तथा घरफर्क अभियानलाई प्राथमिकता दिने र चैत १५ भित्रमा ५ सय नयाँ पार्टी सदस्य विस्तार गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।     
 

बैठकले चैत १ देखि १५ गते सम्म प्रस्तावित नगर तथा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्नका लागि जिम्मेवारी बाँडफाँड पनि गरेको छ । उक्त बैठकले आगामी स्ववियू निर्वाचनलाई मध्यनजर गरि त्यसको व्यवस्थापनका लागि समेत जिम्मेवारी बाँडेको छ ।    

कार्यक्रम अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता प्रचार बिभाग प्रमुख धनबहादुर परियारको धन्यावाद मंतव्य र सचिव लालबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।    
  


Loading...
Radio Bajura
Radio Bajura