• अहिले तरंगमा--हाम्रो दउडा भाका (फोन इन)
    केहि छिनमा-- गीतहरु

ताजा हालखबर

स्थानीय शान्ति समितिको अध्यक्षमा मल्ल,

बाजुरा, माघ १२ गते ।
स्थानीय शान्ति समिति बाजुराको अध्यक्षमा अजबहादुर मल्ल चयन हुनु भएको छ । राजनीतिक दलहरुले चक्रिय पद्धती अनुसार नेतृत्व लिने पूर्व सहमतिका आधारमा एमाले प्रदेश कमिटी सदस्य अजबहादुर मल्ल अध्यक्षमा चयन हुनु भएको हो । 
 
जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुले ६÷६ महिनाको अवधीमा नेतृत्व सम्हाल्ने गरेका छन् । एमालेले आफ्नो पार्टीको तर्फबाट नेतृत्वमा कस्लाई पठाउने भन्ने विषयमा टुङ्गो नलगाउँदा लम्बीदै आएको नेतृत्व हस्तान्त्रण कार्य मंगलबार  टुङ्गोमा पुगेको हो ।
 
संयोजक तिलक पुरीको अध्यक्षतामा बसेको बैठकले मल्ल संयोजक रहेको सचिवालय समिति गठन गरेको छ । जसमा भरत बुढा, तीलकराज पुरी, देवबहादुर रोकाया, रुक्मीणी शाह, तुलादेवी पाध्याय, मनमति बुढा र अर्जुन शाह रहेका छन् । 
 

Loading...
Radio Bajura
Radio Bajura