• अहिले तरंगमा--विज्ञापन तथा गीतहरु
    केहि छिनमा-- हालखबर विशेष

फिल्ड निर्माण कार्य सम्पन्न, आवास तथा अन्य तयारीका लागि काम सुरु

बाजुरा, माघ १२ गते ।
बाजुरा जिल्लाका आटीचौरका स्थानीयले राष्ट्रपति रनिङ सिल्डलाई थप व्यवस्थीत र भव्य बनाउन तयारी थालेका छन् । माघ दोस्रो साता भित्र फिल्ड निर्माण कार्य सम्पन्न गर्ने बाचा अनुसार काम पूरा गरेका स्थानीयले आवास तथा अन्य तयारीका लागि काम सुरु गरेका छन् । 
 
दशरथ उच्च मावि विव्यस अध्यक्ष दिर्घमतिदेवी ओलीको अध्यक्षतामा आमा भेला बोलाएर विभिन्न तयारीका लागि उपसमिति गठन गरेका छन् । बसाई र सुरक्षाका लागि बढी जोखिम हुने भएपछि स्थानीयले पूर्व तयारीका लागि विभिन्न उपसमिति गठन गरेर काम सुरु गरेका विव्यस सदस्य तथा व्यवस्थापन मुल समिति सदस्य कुम्भनाथ योगिले बताउनु भएको छ । 
 
जिल्ला खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापा र श्रोत व्यक्ति मनवीर खातीको उपस्थितिमा सम्पन्न भेलाले एमाले जिल्ला कमिटी सदस्य लालबहादुर थापा संयोजक रहेको ८ सदस्यीय तयारी तथा व्यवस्थापन मुल समिति गठन गरेको छ । 
 
जसमा तरुण दलका जिल्ला अध्यक्ष कुम्भ नाथ योगी, रणबहादुर ओली, अम्म नाथ योगी, धनबहादुर बुढा, नमसरा नाथ र प्रदेशी नेपाली सदस्य रहेका छन् । त्यो सँगै १४ वटा उपसमिति गठन गरेको छ । जसमा हरिचन्द्र रोकाया संयोजक रहेको आवास उपसमिति गठन गरिएको छ । 
 
रमेश ओली संयोजक रहेको स्वास्थ्य सेवा उपसमिति गठन भएको छ । भने प्रेम बहादुर ओली संयोजक रहेको मञ्च निर्माण तथा स्वागत समिति गठन गरिएको छ । अंगु ओली संयोजक रहेको खाद्यान्न व्यवस्थापन समिति, वीरेनाथ योगी संयोजक रहेको खानेपानी 
व्यवस्थापन समिति गठन भएको छ । 
 
त्यसैगरी अमृत नाथ संयोजक रहेको दाउरा व्यवस्थापन समिति, खडक धामी संयोजक रहेको सरसफाई व्यवस्थापन समिति, शिवनाथ योगी संयोजक रहेको तरकारी व्यवस्थापन समिति, कुम्भनाथ योगी कपडा व्यवस्थापन समिति, दिर्घमति ओली संयोजक रहेको मदिरा व्यवस्थापन समिति गठन गरिएको छ । 
 
त्यसैगरी टेकबहादुर रावत संयोजक रहेको स्वयम सेवक परिचालन समिति, कृष्ण ओली प्रचार प्रसार व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ हरिश चन्द्र रोकायाले बताउनु भएको छ । फिल्ड निर्माणको काम सम्पन्न भईसकेको छ । 
 
उत्तः फिल्डमा एकसाथ दुई टिम बीच भलिबल, दौड, कबड्डी र एथ्लेष्टीक तर्फका खेलहरु सञ्चालन हुने भएका छन् । आटीचौरमा खेलकुद हुने निर्णय गर्न भने बाँकी रहेको छ । 

Loading...
Radio Bajura
Radio Bajura